मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

महाकाली नदी भारतको पाउमा चढाउने प्र’मूख नायक केपी ओली थिए : पुर्वसचिव भिम उपाध्याय

काठमाण्डौं ।एमालेको मनमोहन अधिकारीको सरकार ढा’लेर बनेको शेरबहादुर देउवाको प्रधानमन्त्रीत्व कालमा एमाले प्रमू’ख प्रतिपक्ष रहदॉ महाकालीको मुहानको निधो नै नगरी प्रमू’ख प्रतिपक्ष हुदॉ पनि महाकाली नदी भारतको पाउमा चढाउने प्रमूख नायक केपी ओली थिए।

उनले म’हाकालीबाट वार्षिक सवा खर्ब रूपैयॉ आम्दानी हुन्छ, यसको बिरोध गर्ने देशघाती हुन् भनेको आज ३० वर्ष पुगिसकेछ। महाकाली सन्धीको विपक्षमा रहेर दलभित्र बि’रोध गर्दा एमाले फुटेर बामदेवले माले नयाँ दल बनाए, शे’रबहादुरको सरकार पनि ढलेर बामदेव उपप्रम बन्दै नयाँ सरकार बन्यो ।

तर त्यसपछिको चुनावमा बाम’देवको माले दलका सबै नेता सोत्तर भएपछि पुन त्वंशरणम् गर्दै अहिले बामदेव लकडाउन सकिए पछिको उधारो नयाँ प्रधानमन्त्रीको लाईनमा घु’टुघुटु थु’क निल्दै पर्खिबसेका छन् ।

भारत नेपाली नेताहरूलाई युज एण्ड थ्रो गर्छ, नेपालका नेताहरू भारतसंग घुसेमुन्टो लगाएर जनता पिर्दै सत्ता राजनीति गर्दै यो जुनि काट्दै छन्। भारतले नेपाली नेता’लाई थ’च्चारेजस्तै नेपालका नेताहरूले जनतालाई भा’रतबिरूद्ध उफार्दै थचार्दै गरेर सबैलाई उल्लु बनाउदै गएको कसले बुझेको छैन र ?

तर, आद’तका मारा राजनीतिक दलका कार्यकर्ताहरूमा देशप्रति माया देखाउने आँट र साहस मरिसकेको छ, तिनलाई नेताभक्ति गरेर पेट पाल्नु ठूलो कुरा भएको छ। युवाहरू स्वा’भिमान टुकुचामा मिल्काउने रत्यौलीको मजा लिनमा मक्ख छन् । तर इतिहासको गति निर्मम हुन्छ। चिन्ताको विषय नेपालका दलीय युवाबर्ग राजनीतिक नपुंशक बनेका छन्।

२०४७ सालमा २०,२५ वर्ष उमेर नपुगेका वा अहिले ५० वर्ष भन्दा मुनिका युवाहरूलाई विगतमा एमाले र नेकॉ, ओली, माधव नेपाल र शेरबहादुर र अन्य नेताहरूले देशका नि’म्ति क कसले के के त्रुटी गरे, क कसले सही पक्ष लिए, के कसरी महाकाली नदी भारतलाई कन्यादान दिन कुन दलका कुन नेताले के के नाकाम गरे, त्यसको सत्य तथ्य इतिहास नै थाहा पाएका छैनन्।

आफै सही ढंगमा इतिहास अध्ययन गरेका पनि दैखिदैनन् वा तथ्य सत्य जानकारी राखेका देखिदैनन् । दु’र्भाग्य, बरू निकम्मा नेताहरूको अन्धभक्त बनेर देशप्रेमी ब्यक्तिहरूको बिरूद्धमा दलीय युवाहरू पाखुरा सुर्कदै आफ्नै भविष्यमाथि ब’न्चरो हानिरहेका देखिन्छन्।

युवाहरू मुलुकको भविष्यका नेता वा मुलुक निर्माता हुन् । चरित्र निर्माण, स्वतन्त्र सोच, दे’शप्रेम, सही शिक्षा, संस्कार र दूरदृष्टि( रहित युवाहरू भविष्यका सम्पदा हैन कि कु’डाकर्कट तथा बोझ हुनेछन्। तिनका क्षमताबिहीनताले राष्ट्र झन् झन् गरिब र पराधीन हुदै जाने छ। कालिदासले रूखको हॉगाको बाहिर प’ट्टि बसेर फेदतिर आराले हॉगा काटेजस्तो गरिरहेको ती युवाहरूलाई यस्ता कुबुद्धिबाट हे पशुपतिनाथ जोगाईदेउ, सन्मार्गमा हिडाईदेउ ।
(लेखक पुर्व सचिव हुनुहुन्छ । उहाँ लेखन कार्यमा सक्रिय हुनुहुन्छ )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?