मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यो सरकारले बुझ्छ के ? गर्छ के ? हामी जनता पनि उस्तै ! अ’चम्म लाग्छ : विनोद त्रीपाठी

1 min read

यो सरकारले बुझ्छ के ? गर्छ के ? हामी जनता पनि उस्तै ! अचम्म लाग्छ !बिश्व स्वास्थ्य सं’गठनले हिजो अर्थात विहिवार भनेको छ , ‘कोरोना भाइरस कहिल्यै निको नहुन सक्छ । यो HIV जस्तै नियन्त्रण गर्न मात्र सकिन्छ नि’र्मुल नहुन सक्छ ।’

अब सोचौं के अब लक्डाउन सधैं लगाइदिने ? बिश्वका सबै देशले भनिसकेका छन , अब लकडाउन लगाउनु मात्र उपाय होइन । फेरि बिश्वास लाग्दैन ? नेपाल बाहेक सबै देशतिर फर्कौ र बुझौं ।

बिहिवारदेखि जर्मनीले फय्रांकफर्ट ल’गायत शहरमा रेष्टुरेन्ट होटेलहरु खुलाएको छ । जा’पानका अधिकांश प्रान्तमा लागेको आपतकाल बिहिवारदेखि नै हटाएको छ । युरोपका सबैजसो देशले कार्यालय र व्यावसाय गर्न खुकुलो ब’नाइसकेका छ्न ।

फिलिपिन्स , ताइवान, चीन, लगायतका देशले बजारहरु सबै खुल्ला राखेका छन । अर्थात बिश्व खुल्न थालिसकेको छ । कति उदाहरण दिउं, सबैतिर एकपटक अध्ययन गरे हुन्छ । के यी देशहरूमा संक्रमित बढेका वा मृत्यु भएका छैनन् र ? के उनिहरुलाइ मृत्यु प्यारो छ ?

यहाँ भन्न खोजिएको यो होइन कि भाइरस नियन्त्रण नगरियोस् । टेस्टिङ बढाउने, सं’क्रमित स्थान वा भवनलाई मात्र सिल गर्ने र संगतमा रहेकालाई क्वारेन्टाइनमा राख्ने हो । संबेदनसिल स्थानका मानिसलाई अर्को स्थानमा जान नदिने हो । यो बाहेक अर्को उपाय छैन ।

तर नेपाल सरकार बिश्वतिर किन नजर लगाउंदैन ? डब्लुएचओकै भनाइ बिश्वास गर्ने हो भने पनि के अब सधैं लकडाउन लगाउने ? कोरोना भाइरसको मृ’त्यु भन्दा लकडाउनले दुनियाँ तहसनहस भइसक्यो भन्ने सबै देशले बुझेर नियन्त्रणका फरक फरक विधि अपनाएका छ्न।

सबै देशमा लकडाउन खुल्दै जांदा नेपालमा झन कडा गर्ने तरिकाले हामीलाई नै कति नोक्सान पा’र्छ यो त भबिस्यले नै बताउनेछ । पृथ्वीमा रोग उत्पति भैरहन्छ , नियन्त्रण हुन्छ , उपचार हुन्छ तर जिवन पनि चलिरहन्छ । चलाउनैपर्छ । यो नै अहिलेसम्म भइरहेको रीति हो ।

लकडाउन लगाउने भनेको संक्रमितवाट अन्य मानिसको संगत टुटाएर परिक्षण बढाउने हो ।अन्य नागरिकको जनजीवनलाई असर पार्ने होइन । बिश्वका सबै देशहरूले यहि गरिरहेका छन ।

तर नेपाल सरकारले गर्नुपर्ने काम गरेको छैन , नगर्नुपर्ने काम गरिरहेको छ । यो कष्टको घडीमा यस्तो निकम्मा सरकार हुनु नै नेपालीको लागि सबैभन्दा दुर्भाग्य हो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?