मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतिय बिस्तार वाद बि’रुद्ध आउदो जेठ ४ गते बेलुका ८ बजे ५ मिनेटको लागि बत्ती निभाऔं: राष्ट्रप्रेमी मन

जेठ २,काठमाडौ।भारतिय बिस्तार वाद बि’रुद्ध आउदो जेठ ४ गते बेलुका ८ बजे ५ मिनेटको लागि बत्ती निभाउन सामाजिक अभियन्ता, कलाकार तथा पत्रकारले सबै देशप्रेमिलाई आ’ह्वान गरेका छन ।

भारतले कालापानी हुदै मा’नसरोवर जाने बाटो उद्घाटन गरेको छ । त्यसको बिरोधमा नेपालमा अहिले विभिन्न ठाउमा आ’न्दोलन भइरहेको छ । भारतीय बिस्तार वाद को बिरोध गर्दै अभियन्ताहरुले यस्तो आह्वान गरेका हुन ।

अहिले कोरोनाको महामारीको कारण नेपालमा लकडाउन छ । लकडाउनको कारण सडकमा गएर आन्दोलन गर्न नहुने भएकोले सबैले घरबाटै बत्ती नभाएर बि’रोध जनाउने कार्यक्रम ल्याइएको हो ।

२ दिन अगाडि भने विभिन्न अभियन्ताहरु माइतीघर मण्डलामा गएर आन्दोलन गरेका थिय भने केही अभियन्तालाइ प्रहरीले गिरप्तार गरि बेलुका छाडेको थियो ।

हिजो मात्रै सरकारले २५ जना सशस्त्रको टिम लाई दार्चुलाको ब्यास गाउपालिकामा पठाएको थियो तर उक्त ठाउँ सिमाना भन्दा १२ किलोमिटर टाढा भएको र यो जनतालाई झुक्याउने प्रबिधि भएको भन्दै जनस्थरबाट चर्को बि’रोध भइरहेको छ ।

भने सिमानामा नै नेपाली सेनाको फौ’ज राख्नु पर्ने माग गरिएको छ । सरकारले तय गरेको लकडाउनको समय यही जेठ ५ गते सकिदै छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?