मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सम्मान स्वारुप शेयर :यी हुन् भारतिय सिमामा काँ’डेतार लगाउने वडाध्यक्ष सुर्य लामा!

ठोरी (पर्सा) । लिपुलेक र का’लापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै वि¥रोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक व’डाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै ल’गाइदिएका छन् ।

ठोरी गाउँपालिका–३ का व’डाध्यक्ष सूर्य ला’माले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठु’टेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

वडाध्यक्ष लामाले स्था’नीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्त’र्राष्ट्रिय कानुनअनुसार द’शगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘ल’कडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।यो अ’वधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अ’वरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।

सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।‘छि’मेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले रा’जधानीसँग भने, ‘भारतीय पक्षले वि’वाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो ।

त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका ला’गि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सु’रक्षाका लागि काँडेतार लगाएको जानकारी दिए।

२०७४ देखि हा’लसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।भारतसँगको सीमा विवादको विषयकै कारण वि’गतदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् ।

भरतीय पक्षसँगको विवादका कारण प’टक–पटक ठोरीमा भएका झडपका घटनामा अग्रपंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले जनाए ।‘धेरै पहिलेदेखिका सीमा विवादका घटनामा उनीहरूको न’जरमा म बाधक छु ।

कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा विवाद हुन्छ । म त्यता नगएको आठ वर्ष भयो,’ लामाले भने ।देशभरका सबै सीमा ना’कामा पर्ने स्थानीय तहका ज’नप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिन नपर्ने उनी बताउँछन् ।

‘देशभरका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा विवाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ लामाले भने ।ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले तारबारपछि एकातिर सीमा क्षेत्रमा हुने अवैध गतिविधि बन्द भएको र अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु खुसी भएको बताए ।

‘तारबार हुँदा दुवैतर्फ हुन सक्ने अवैध गतिविधि रोकिएको छ, अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनाबरबाट खेतीबाली पनि जोगिएको छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्छन् ।स्थानीय युवा छतेन्द्र आचार्यले भने ठोरी–३ का वडाअध्यक्षबाट देशले नै सिक्नुपर्ने बताए ।‘वडा अध्यक्षज्यूले देशलाई नै सिकाउने गरी उदाहरणीय काम गर्नुभयो । सरकार र सबै स्थानीय तहले चाहे असम्भव केही छैन भन्ने देखियो,’ आचार्यले भने ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?