मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

काेराेनाकै म’हामारीमा पनि सि’मा मिच्याे उस्ले वैरि(गजल)✍️गोपाल सुनार

चिप्लिएका छन मेरा खुट्टा अझै पछि तान्छाै किन
अर्काकाे काेसेलि पनि आफ्नाे भनी ठान्छाै किन

आफुले आफुलाई बहादुरी भन्छाै छिमेकि राष्ट्र हाे
बहादुरीकाे नाम दिई पिठ्युँमा गाेलि हान्छाै किन

सगरमाथाकाे देश भनेर चिनिएकाे हाम्रो नेपाल
छिमेकि नै वैरि बनी आफ्नाे भागमा तान्छाै किन

काेराेनाकै महामारीमा पनि सिमा मिच्याे उस्ले
वैरि,वैरि हुन्छ छिमेकि हाे हाम्रो भनी मान्छाै किन

सरकार जब देशको सिमा सम्म बचाउन सक्दैनौं
हे सरकार देशभक्तिका झुठो कसम खान्छाै किन

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?