मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सीमा रक्षा दौरा सुरुवाल लगाउने ओलीले गर्ने कि धो’ती लगाउने महतोले? -सांसद महतो

काठमाण्डौं!राष्ट्रिय जता पार्टी (राजपा)का नेता रा’जेन्द्र महतोले देशको सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।जनताको जी’वन र देशको सीमा रक्षा गर्न नसक्ने सर’कार राष्ट्रघाती भएको उनको आरोप छ ।

प्रतिनिधि सभामा आइ’तवार सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महतोले ७० वर्षदेखि उठेको कालापानी विवाद समाधानमा सरकारले गम्भी’र पहल नगरेको आ’रोप लगाएका हुन् । 
‘अहिले सीमा रक्षाको कुरा धेरै आएको छ, सीमा रक्षा कसले गर्दिने हो ? लि’पुलेक, कालापानी, लिम्पियाधुरा मिचियो रे ! रक्षा कसले गर्दिने हो ? ७० वर्षदेखि उठेको कुरा हामीले गर्ने कि सरकारले ?

८ वर्षदेखि स’डक खन्ने काम नरोक्ने राष्ट्रघाती हो कि होइन ? मधेशी दलले बोलेन रा’जेन्द्र महतोले बो’लेन रे ! सीमाको रक्षा दौरा सुरुवाल लगाउने केपी ओलीले गर्ने कि राजेन्द्र महतो धोती लगाउनेले गर्ने ?

यसैले यो सरकारले राष्ट्रघाती काम गरेको छ । जनताको जीवन र देशको सीमा रक्षा गर्न नसक्ने सर’कारलाई के भन्ने ? अ’सफल, ना’लायक, राष्ट्रघाती भन्ने कि अपराधी भन्ने ? जनताले निर्णय गर्छ।’ 

महतोले सरकारका नीति तथा कार्यक्रम नेकपाको चुनावी घोषणा पत्र जस्तो भएको आ’रोप लगाए । ‘अहिले चाहीँ रामायण महाभारत पढ्ने बेला हो ? पूरा देशका प्रत्येक नागरिक म’जदूरदेखि भि’खारीसम्म महामारीबाट आ’क्रान्त छ ।

इतिहासमै नभएको कर्म’काण्डी कार्यक्रम प्रस्तुत हुने, यो कुर्सी जोगाउने तर्फमात्र ध्यान छ, अनि कसरी आ’उँथ्यो राम्रो कुरा,’ उनले टि’प्पणी गरे । 
 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed