मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सांसद महेन्द्र राय यादव भन्छन् :सी’मामा तार’बार लगाउनु मधेसीको हि’तमा छैन!

५ जेठ, काठमाडौं । राष्ट्रि’य जनता पार्टी राजपा नेपालका नेता म’हेन्द्र राय यादवले सीमामा ता’रबार लगाउने वि’षय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।

‘सीमामा तारबार लगाउने जता’बाट जे कुरा आएको छ म’लाई लाग्छ त्यो नेपालको राष्ट्रिय’ताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने ।या’दव सर्लाही २ बाट सं’घीय संसदमा प्रति’निधित्व गर्छन् ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवं स’त्तारुढ नेपाल क’म्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गरिरहनु भन्दा सीमामा तारबार वा प’र्खाल लगाउन आ’वश्यक रहेको बताएका थिए ।कति’पय सांसदले सीमामा तरबार लगाउने र पर्खाल लगाउने भए आफ्नो तलब दिने घोष’णासमेत गरिरहेका छन् ।

त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आ’ग्रह गरे । ‘५८ प्रतिशत त’राई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले खुन बगा’उँछ । पसिना बगाउँछ । हामी त्यहाँ लड्छौं । हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो ?’ यादवले भने ।आफूहरु पनि नेपालको भूमि मि’चिन नहुने भन्ने पक्षमा रहेको उनले बताए ।‘९८ प्रति’शत सीमा समस्या मिलिसक्यो’

ने’पाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्र’तिशत मिलिसकेको नेता यादवको भनाइ छ ।तर, मिलिसकेको विषयमा दुवै देशले हस्ता’क्षर नगरेको भन्दै उनले अस’न्तुष्टि राखे । ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले ह’स्ताक्षर किन गर्दैन ?’ यादवको प्रश्न छ ।

बाँकी २ प्रतिशत कालापानी र सुस्तामा रहेको उल्लेख गर्दै उनले सर’कारलाई दुई ठाउँको समस्या समाधान गर्नेगरी पह’ल गर्न आग्रह गरे । नेपालमा कालापानीबारेमा मौसमी राष्ट्र’वाद रहेको उल्लेख गर्दै उनले सरकारलाई मौसमी राष्ट्रवादमा नअ’लमलिएर सीमा विवाद समाधान गर्ने गरी पह’ल गर्न आ’ग्रह गरे । अन्लाईनखबरबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?