मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘अम्पुन’ आँधीबेहरीले भोलि पूर्वी नेपालमा उ’थलपुथल ल्याउने, ३ दिन देशभर व’र्षा हुने

बंगालको खा’डीमा विकसित श’क्तिशाली आँधीवेहरीले मंगल’बारबाट नेपालको पूर्वी भूभाग न’राम्ररी प्रभावित हुने भएको छ ।

भारतीय मौसम विभागका अनुसार ‘अम्पुन’ नाम दिइएको उक्त आँधीवेहरीका कारण अबको केही घन्टापछि आँ’धी र भारी वर्षा हुने सम्भावना छ । अहिले उक्त च’क्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उ’त्तरतिर सरिरहेको छ । यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तर पूर्व तिर जाने जनाइएको छ ।

आँ’धीबेहरीका का’रण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने नेपालको मौ’सम विज्ञान विभागको अनुमान छ ।

विभागले पू’र्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त आँधीबेहरी अझ शक्तिशाली हुने क्रममा मंगल’बारबाट पूर्वी नेपालको मौ’सममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दि’नसम्म नेपाल देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हि’माली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हि’मपात समेत हुने छ ।’

आँधीबेहरीका कारण आउने हा’वाहुरी र भारी व’र्षाबाट बच्न भारतको दुई राज्यमा उच्च सतर्कता अपनाइएको छ। यो आँधीबेहरीको प्रभाव मे २१ सम्म रहनेछ।आँधी’बेहरीले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ ।

जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविदहरु बता’उँछन् । अम्पुनले पनि ग्राउन्ड ल्या’ण्ड गरिसकेपछि विस्तारै प्रभाव हट्ने पनि मौसमविदहरुको भनाइ छ ।

भारतमा यसले पु’र्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृह’मन्त्रीसहितको विशेष बै’ठक आह्वान गरेका छन् ।

भारतीय मौसम विज्ञान वि’भागका महानिर्देशक डाक्टर एम महापात्राले यस चक्रवातले २० मेमा भारतको तटीय क्षेत्रलाई छुने र भयंकर वर्षा हुने चेतावनी दिएका छन् ।

उनका अनुसार यो अम्पुन च’क्रवातका कार’ण ओडिसा, पश्चिम बंगाल, आसाम र मेघालयमा हुरी बता’ससँगै भारी वर्षा हुने छ । भारतका अन्य स्था’नमा भने यसको असर नपर्ने बताइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?