मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री भन्नुहुन्छ: कालापानी नेपालको हो, फि’र्ता ल्याएरै छाड्छौँ र देशमा दी’पावली गर्छौं !

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी नेपालकै भूमि भएको प्रष्ट पार्दै फि’र्ता ल्याएरै छा’ड्ने प्र’तिबद्धता व्यक्ति गर्नुभएको छ ।

उहाँले विक्रम सम्बत २०१८ सा’लसम्म त्यहाँ नेपाल सरकारले तिरो उठाउँदै आएको च’र्चा गर्दै पछि त्यहाँ ने’पालको उपस्थिति ब’न्द भएको बताउनुभयो । उहाँले त्यतिखेरका शासकहरु पछि हटे पनि अब लिम्पियाधुरा, लिपुलेक र का’लापानीबाट वर्तमान सरकार पछि नहट्ने अडान व्यक्त गर्दै भन्नुभयो, ‘हाम्रो भूभाग हो । हामी फिर्ता लिएर छाड्छौँ ।’

काला’पानीको जमिनमा कुनै पनि विवाद नरहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक माध्य’मबाट गुमेको भू’भाग फिर्ता लिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको ज’वाफ दिँदै प्रधानमन्त्री ओलीले सर’कार तथाकथित राष्ट्रवादमा विश्वास नराख्ने बताउनुभएको छ ।

नेपाल दुई ठूला शक्तिको बीचमा रहेको उल्लेख गदै उहाँले नेपाल जस्तो सानो मुलुकले दे’खावटी राष्ट्र’वाद र लम्पसार राष्ट्रवा’दको बाटो स’मात्न नहुने प्र’ष्ट पार्नुभएको छ । उहाँले कालापानी फिर्ता ल्या’एर नेपालमा खुसीको दी’पावली गरिने पनि प्रतिबद्धता पनि व्य’क्त गर्नुभयो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed