मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मनिषा कोइरालाले सिमा विवादलाई नेपालको सपोर्ट गर्दै गरेको ट्विट भारतिय मिडियामा भा’ईरल!

काठमाडौं – थुप्रै भार’तीय चलचित्रमा अभिनय गरेकी नेपाली मूलकी नायिका मनिषा कोइरालाले गरेको एउटा ट्विट भा’इरल भएको छ ।नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेपछि नयाँ नक्सा जारी गर्दै ती भूभाग समेत समेट्ने निर्णय नेपाल सरकारले गरेपछि त्यसमा अभिनेत्री कोइरालाले समर्थन जनाएकी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विट’मा कोइ’रालाले धन्यवाद दिँदै समर्थन जनाएकी छन्।

प्रदीप ज्ञवालीले ट्विट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक वि’भाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’ यसलाई रि–ट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद ! हामी सबै तीन महान् रा’ष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’

अभिनेत्री कोइरालाले रि’ट्विट गरेपछि भारतीय सञ्चार’माध्यममा भाइरल भएको छ । भारतीय मिडियाले नेपालको दाबीलाई पूर्वाग्राही रुपमा हेर्ने गरेका भएका छ्न् । केही हप्ताअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक क्षेत्र हुँदै मान’सरोबर जाने स’डक उद्घाटन गरेपछि अ’तिक्रमण विवाद बल्झिएको थियो । त्यसमै टेकेर सरकारले मन्त्रिपरिषद् बैठकबाट नयाँ नक्सा पारित गरेको छ ।

भारतको लोकप्रिय सञ्चार’माध्यम आजतकको अन’लाइन संस्कारमा लेखिएको छ, ‘भारत–नेपाल सीमा वि’वादबीच अभिनेत्री मनिषा कोइरालाको प्रतिक्रिया आएको छ । मनिषा नेपाली मूलकी हुन् । मनिषाले कालापानी र लि’पुलेकलाई आफ्नो नक्सामा राख्ने नेपाल सरकारको कदमलाई समर्थन गरेकी छन् ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?