मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतीय मिडि’यामा छ’टपटी देखिनुले नेपालको दाबीलाई नै बलियो देखाउँछ – मुख्यमन्त्री पोखरेल

1 min read

काठमाडाैं, ८ जेठ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अप’मानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

एबिपी न्यूजले अभिनेत्री मनीषा कोइ’रालाविरुद्ध आपत्तिजनक भाषामा टिप्पणी गरिएको थियो । जी न्युजले त भारत र नेपालबीच युद्ध नै भइरहेकाे जसरी भारत र नेपालकाे सैनि’कबीच पनि तुलना गर्न भ्यायाे ।यसरी भारतीय मिडियामा छटपटी देखिनु कालापानी क्षेत्रमा नेपालले गरेकाे दावीलाई नै बलियो देखाएकाे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएकाे छ ।

समाजिक सञ्जाल फे’सबुमा उहाँ लेख्नुहुन्छ- ‘भारतीय मिडियामा जुनप्रकारको छटपटी देखिँदै छ, त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाई नै बलियो देखाउछ ।’मुख्यामन्त्री पाेखरेलले नेपालको दावी कमजोर र आधारहिन भएको भए भा’रतीय मिडिया निम्न स्तरको वहसमा नउत्रिने पनि बताउनुभयाे ।

‘यदी नेपालको दावी कम’जोर र आधारहिन भएको भए भारतीय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन,’ मुख्यामन्त्री पाेखरेल लेख्नु हुन्छ, ‘नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन ।’

नेपालकाे आधार ब’लियो भएकाले चीनले द्विपक्षीय वार्ताबाट उक्त समस्याकाे समाधान गर्नुपर्ने बताएकाे पनि उहाँले बताउनुभएकाे छ । ‘भारतले त पाँच वर्ष पहिले नै चीन’लाई उक्त सड’कवाट व्यापार गर्न सहमत गराएकै थियो।

तर नेपा’लको आधार बलियो भएको र नेपालले तत्काल असहमती जनाएका कारणले चीनले यति’वेला द्विप’क्षीय वार्तावाट समस्या समाधानगर्न भन्नु परेको हो,’ उहाँले भन्नुभएकाे छ ।भारतीय मिडियाले नेपाल पक्षको दावीको आ’धार प्रस्तुत नगरी एकलौटी रूपमा भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेकाे पनि उहाँले बताउनुभयाे ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?