मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अभिनेत्री श्वेता खड्का लेख्छिन :भारतसँग लड्न मा’नसिक रुपमा तयार रहनुपर्छ!

काठमाडौं, नेपालको जारी नयाँ न’क्सा र छिमेकी मुलक भारतसँगको पछिल्लो वि’वाद बारे थुप्रै नेपाली सेलिव्रेटीले आफ्नो अभिव्यक्ति राखिरहेका छन् । नायिका, निर्मात्री तथा समाजसेवी श्वेता खड्काले पनि यो जल्दोबल्दो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् । बिहिबार फेसबुकमा लामो स्टाट’स लेख्दै श्वेताले आफ्नो भनाई राखेकी हुन् ।श्वेताको फेस’बुकबाट लिइएको लामो स्टाटस पढ्नुस् : दुई दिन अगाडि हामीले ३३५ बर्ग किलो’मिटर क्षेत्र’फल सहितको लिम्पियाधुरा, लिपुलेक र कलापानी क्षेत्र समाविस्ट राष्ट्रिय नक्सा प्राप्त गर्यौं ।

छिमेकीको कु दृष्टिको शिकार भएको हाम्रो मा’टोलाई हाम्रो नक्साभित्र समेट्न सक्ने साहस गरेकोमा म सर्व’प्रथम नेपाल सरकार’लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।सारा संसार नै कोरोनाको संक’टमा जुधिरहेको मौका छोपेर नेपाली भूमी हुँदै मान’सरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकता माथि धावा बोल्ने छिमेकी भनौदाको कुचेष्टालाई नेपाल सरकारले जारी गरेको नयाँ नक्सा मा’र्फत एउटा नराम्रो झापड हान्न सफल भएको छ । यो झाप’डलाई हामी सबै नेपालीहरुले ताली बजाएर अनुमोदन गरिसक्यौ । सवा तीन करोड नेपालीहरुले अनुमोदन गरेको यो झापडले छिमेकीको दाहिने गाला नराम्ररी चड्किसकेको छ भन्ने ख’बर छिमेकिकै मिडियाहरुले पोखिरहको आर्तनादबाट प्रष्ट हुन्छ ।

अतः नेपाल सरकारले निक्कै ठुलो आँट र शाहस गरेर हाम्रा अतिक्रमित भूमिलाई नेपालको नक्सामा स’माहित गर्नुलाई सफलताको एउटा कडी भनेर मान्न सकिछ । तर पूर्ण सफलता भने मान्न सकिन्न । अ’तिक्रमित हाम्रो भूमिलाई देशको नक्साभित्र समाहित गर्दैमा हामी खुसी भईहाल्नु पर्ने अवस्था पनि देख्दिनँ । किनकी, हाम्रो नक्सामा समेटिएको हाम्रो भूमीलाई निर्वाध रुपमा प्रयोग गर्न पाउनु अबको हाम्रो अर्को चुनौती हो ।हामीले लिम्पियाधुराको चिसो माटोमा सुन्तला फलाउन सक्छौ कि सक्दैनौ ? पा’र्वतीकुण्ड देखी गुन्जो’सम्म कालोपत्रे सडकको निर्माण गरी हाम्रै सवारी साधन कु’दाउन सक्छौकी सक्दैनौ ?

कुटी, नाभी र छाङरुमा भेडाबाख्रा अनी चौरीहरु डुलाउन सक्छौ कि सक्दैनौ ? दशकौ देखी हाम्रो भुमिमा परेड खेलीरहेका छिमेकी सुरक्षकर्मीको दस्तालाई विस्ता’पित गरेर आफ्नै सुरक्षाकर्मीको क्या’म्प खडा गर्न सक्छौ कि सक्दैनौ ? अनी नेपाली शान र मानको प्रतिक राष्ट्रिय झण्डालाई लिपुलेकको चुचुरोमा फ’रफराउन सक्छौकी सक्दैनौ ? यि प्रश्नहरुको उत्तर खोज्ने बेला आएको छ । प्रश्नको उत्तर खोज्ने मात्र होइ’न “हामी सक्छौ“ भन्ने साहशीलो उत्तर दिनको लागि प्रत्येक नेपाली त’यार हुनु पर्ने अवस्था पनि आईसकेको छ ।प्रत्येक नेपालीले प्रस्तुत गर्ने शाहस, हिम्मत र आँटले नै सरकारलाई आगामी कदम चाल्नको लागि नैतिक दबाबका साथै अझ थप बल मिल्ला ।

हामीले खपत गर्ने दैनिक उपभोग्य सामाग्री मध्ये ७० प्रतिशत सामाग्री भारतीय ब’जार बाटनै आ’यात हुने भएकोले भारतले हाम्रो आँट, शाहस् र हिम्मतलाई टुटाउन ’नाकाबन्दी’को घोषणा नगर्ला भन्न सकिन्न । किनकी ०७२ सालको भुकम्पको कस्टकर घडीमा समेत हाम्रो छीमेकीले हामीलाई अघोषित नाकाबन्दिको अ’नुभव दिलाई सकेका छौं । भारतले हामी’लाई देखाउन सक्ने डर, धाक वा धम्की भनेको एउटै हो : उपभोग्य सामाग्री निर्यातमा रोक । भारतको यो धम्कीलाई लत्याउन सक्ने हाम्रो प्रमुख शस्त्र र अस्त्र भनेको नै हाम्रो आत्मविश्वाश हो ।

अतः यदी भारतले हामीलाई नाकाबन्दीको फर्मुला प्रयोग गर्ने अवस्था आयो भने यस्का लागि हामी सम्पूर्ण नेपालीहरु मानसिक रुपमा तयार छौ त ? भोली ग्याँस, डिजेल र पेट्रोल न’पाईन सक्छ, चामलको अ’भाव हुन सक्छ । अदुवा, प्याज र लसुन न\भित्रिन सक्छ अनी चिनी नपाईन सक्छ । यस्तो अवस्थामा आएको खण्डमा हामी के के गर्न तयार छौ ? के हामी ग्याँसको सट्टा गु’इँठो बाल्न तयार छौ ? पेट्रोलको अभावमा गाडी चल्न सक्दैन, पैदल हिंडेर यात्रा तय गर्न तयार छौ ? चामलको अ’भावमा भात खान नपाईएला, भोकभोकै मर्न तयार छौ ?

अदुवा, लसुन र प्याजबिनाको खल्लो ’खोले’ खाना तयार छौ कि छैनौ ? म’धुमेहलाई बढावा दिने चिनियुक्त चिया छोड्न तयार छौ त ? यि यावत प्रश्नहरु हाम्रा लागि हुन्, यि प्रश्नको जवाफमा “म त’यार छु “ भन्ने हिम्मतिलो जवाफ जबसम्म आउँदैन तबसम्म कलापानी, लिपुलेख र लिम्पिया’धुराले देशको नक्सा भित्रबाट हामीलाई गिज्याइ रहेको हुनेछ र भनिरहेको हुनेछ “ धि\क्कार, तिमीहरुको राष्ट्रवाद !“मैले यि शब्दहरु लेखिरहँदा यतिखेर भारतीय मिडियाहरुले नेपाल र नेपालीहरुको स्वाधिनता माथि ’थर्ड क्लास’को टिप्प’णीहरु गरिरहेका छन् ।

यि यस्ता टिप्पणीहरुले म भित्र आक्रोशको रक्तसंचार भईरहेको छ । तर, भग’वान गौतम बुद्धको ध’र्तीमा जन्मिएकी म नेपाली चेलीले संवाद, शान्ती र सौहाद्र व्यवहारमा वि’श्वास गर्ने गरेकी छु । मलाई थाहा छ, बम र बारुदको बिस्फोटनले गरेको युद्ध भन्दा मन र मस्तिस्कको समि’श्रणले लडेको युद्ध सफल हुन्छ । अतः हामी सबैले स्वंयमित हुँदै हाम्रो राष्ट्रिय !!!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed