मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यो का’ल पनि नक्कली : सुरेश ति’मल्सिना

1 min read

सुरुमा प्र’सारण वा प्र’काशन भएका स’माचार सत्य तथ्य के छन प्रमाणित गरेर मात्र सा’माजिक संजालमा सार्बजनिक गर्न सबैलाई आ’ग्रह गर्दछु । मुत्यु भएपछि सो ब्यक्तिको बारेमा त’र्कबितर्क प्रस्तुत गर्नु स्वभाबिक नै हो ।

पहिलो कुरा त मृतक महिलाको परिवारको सदस्यको P.C.R परिक्षणको रि’पोर्ट नेगे’टिभ आयो त्यो हाम्रो लागी शुभ स’माचार हो र मृत’क महिलाको सम्पर्कमा आएका सबैको रिपोर्ट पनि नेगेटिभ आवस भनी कामना गरौं । मृतक महिलाको शरीरमा कोरोना भा’ईरस ( कोभिड – १९ ) भन्दा घातक कुनै ठुलो रोग पनि त थियो र पो उनको मुत्यु भयो कि ??

तर यो भन्दैमा ती महिलामा कोरोना भा’ईरस नै थिएन , गलत प्र’चारप्रसार भयो , परिवारको रि’पोर्ट किन ने’गेटिभ आयो , भन्ने पाटो तर्फ पनि प्रवेश नगरौं । पो’जेटिभ नै थियो होला किनकि धुलि’खेल अस्पताल र टेकु अस्पताल दुबै अस्पतालमा गरिएको परिक्षणमा उनको रि’पोर्ट पोजेटिभ नै आयो भन्ने आधि’कारिक प्रेस विज्ञप्ती स्वा’स्थ्य मन्त्रालयले नै सार्बजनिक गरिसकेको छ , तर यदि उनको रिपोर्ट पोजेटिभ नै आएको हो भने

1. दस दिन सम्म सङ्क्रमित आमासँग रहेको शिशु जसलाई ति आमाले सँगै सुताइन, दुध चुसाइन, छातिमा टासिन, नाक मुख सफा गरिन्, चुप्प माया नी गरिन । यती हुँदा नि शिशु सुरक्षित कसरी?

2. कतै हाम्रो परिक्षण प्रणालिमा गड्बडी छैन ?
3. कि सङ्क्रमणको बिश्वब्यापी मान्यतानै ग’लत छ ?
4. कतै आजसम्म कोरोना भाइरस सर्ने कारणको त गलत प्रचारप्रसार भैरहेको छैन ?5. कतै बैज्ञानिक , चिकित्सकहरु नै यो रोगको बारेमा अ’नवीज्ञ छन ? 6.कि यो भाइरसको बारेमा संसार भर नै गलत सुचना फैलाईएको छ ।

यति भन्दैमा यो भाईरस लाग्दैन लागे पनि मरिदैन भन्न खोजेको हैन यदि हामिले आफ्नो स्वास्थ्यको ख्या’ल गरेनौ सानो गल्तीले पनि आफ्नो ज्यान जान सक्छ भने यो भाइरस त झनै हाम्रो लागि घा’तक नै हुन सक्छ , तर बिर्सन हुँदैन कि ज’बसम्म खो’प–औषधि पत्ता लाग्दैन वा यो रोग आफैं हरा’एर जाँदैन, तबसम्म हामी हिजोकै जस्ता दिनमा फर्कन सक्दैनौं।

विश्वमा एउटा मात्रै सं’क्रमित रहुन्जेल हामी सधैं जोखिममा रहिरहन्छौं। यसैअनुसार सावधानी अप’नाउन जरुरी छ। हिजो हामी जसरी धेरै जना सँगै यात्रा गर्थ्यौं, स्कुलमा पठ’नपाठन गर्थ्यौं, जसरी बिरामीको हे’रचाह गर्थ्यौं, आमसभा आयोजना गर्थ्यौं, चल’चित्र भवनमा जान्थ्यौं, सां’गीतिक कार्यक्रमहरू गर्थ्यौं, जसरी जात्रा र सांस्कृतिक का’र्यक्रम गर्थ्यौं, यी सबैको स्वरूप परि’वर्तन ग’रिनुपर्दछ। तब मात्रै हामिले कोरोना भाइ’रसलाई जित्ने छौ या भने कोरोना भाइरस हामी बाट मु’क्त हुनेछौ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?