मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चौतर्फी विरोध पश्चात् नायिका वर्षा राउतले माफ माग्दै यस्तो स्टा’टस लेखिन्😍

1 min read

एउटा लाईभ भिडियोमा कुराकानी गर्दै गर्दा नायिका वर्षा राउतले भारतिय पत्र’कारले जे गर्यो त्यो नै नेपाली ले गर्नु हुन्न साथै यो विवादको विषयलाई कुटनैतिक पहल’बाट मिलाउनुपर्छ भन्दै भनेको थिन । सँगै मैले अहिले मेरो भारतिय सा’थीहरु सँग बोल्न सकेको छैन भने पश्चात् चौतर्फी विरोध आएको थियो । त्यो विरोध आए सँगै नायिका रा’उतले आफ्नो फेस्बुक वालमा यस्तो लेख्दै माफी मागिन:-

सम्पूर्ण आद’रणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । क’लाकार हुँ, त्यसमाथि अलि भा’वुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवा’र्तालाई लि’एर जुन हो-हल्ला गरियो, त्यसले मलाई भाव’नात्मक ठेस पुगेको छ।

हो, प्रत्यक्ष प्र’सारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

संसारको कुन ना’गरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली क’लाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओ’होदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभि’न तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन ।

हामी सबै नेपाली सँगै उभिएर स’मर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उ’चित वा’तावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, स’मर्थन गर्नुपर्छ हामी दुई छि’मेकीको प्रगढ सम्बन्धको, सम’र्थन ग’र्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै स’मर्थन गर्नुपर्छ मानवता र मानवधर्मको ।

यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भार’तीय मि’डियाले उ’चालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

नेपाल मेरी ज’ननी जन्म’भूमि हुन् । ने’पाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कु’रालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्द’मा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढि’एर गलत अर्थ लागे हो’लान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु । जय नेपाल, जय नेपाली !जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?