मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतले अ’तिक्रमण गरेको भूमि फिर्ता ल्याएरै छाड्छौं : मन्त्री योगेश भट्टराई

काठमाडौं, १२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भारतले अ’तिक्रमण गरेको नेपाली भूमि वर्तमान सरकारले फिर्ता ल्याएरै छोड्ने स्पष्ट पारेका छन् । आइ’तबार राति प्राइम टाईम्स टेलिभिज’नबाट प्रशा’रण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्र’कार ऋषि ध’मलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू २०५५ सालमा नै कालापानी गएको पनि स्मर’ण ग’राए ।

मन्त्री भट्टराईले भने,’म २०५५ सा’ल जेठ ३० गते विहान ११ः३० बजे हामी कालापानी पुगेका थियौं । कालापानी नेपालको हो भन्ने कुरा स्पष्ट नै छ । तर, त्यहाँ वि’गत लामो समयदेखि भारतीय सेनाले आफ्नो क्याम्प बनाएर बसिराखेको छ । भारतले आफ्नो भूमि हो भनेर दाबा गरिराखेको छ ।

बास्तवमा त्यो नेपालको भूमि हो । किनभने सुगौली सन्धिदेखि नै त्यसमा हामीले सिमाको बारेमा भन्यौं, पूर्वमा मेची नदी र पश्चिममा काली नदी । पश्चिमको काली नदी भनेको लि’म्पियाधुराबाट निस्किने काली नदी हो । त्यो भन्दा पूर्वका भूभागहरु नेपालका हुन् । यो कुरा सुगौली सन्धिले स्पष्ट गरिसकेको छ । १९६२ तिर आउँदा भारतीयहरु आफ्नो से’नासहित त्यहाँ क्या’म्प बनाएर बसेका अवस्था हो।

त्यो नेपाली भूमि हो भ’नेर राष्टियस्तरमा स्थापि’त गर्नु, नेपालीहरुको बीचमा एउटा जागरण पैदा गर्नु, र अन्तर्राष्टिय समूदायमा पनि यो भूमि नेपालको हो भने’र स्पष्ट गर्ने उद्देश्यका साथ हामीले तत्का’लिन विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट जसको म अध्यक्ष थिएँ, त्यसको तर्फबाट काठमाडौंदेखि कालापानीको एउटा मार्च अभियान हामीले चलायौं, जुन काठमाडौंमा जेठ २२ गते’बाट सुरु भयो । जेठ ३० गते कालापानी पुग्यौं । हामी भा’रतीय सेना बसेकै ठाउँमा पुग्यौं ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?