मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतसँग त’नाव बढिरहँदा चीनले काठमाडौंका लागि प’ठायो कार्गो रेल

बेइजिङ : चीनले रेलमार्फत काठमाडौंमा सामान पठाउन थालेको छ। चीनको कान्सु प्रान्तको सद’रमुकाम लान्झौ’बाट शनिबार नेपालका लागि कार्गो रेल छुटेको हो। शुक्रवार उक्त रेल सामान बोकेर तिब्बतको सिगात्सेसम्म आउनेछ। त्यहाँबाट स’डकमार्ग हुँदै मालबाहक ट्रकमा आवश्यक सामान काठमाडौं ल्याइनेछ।संयोगवश नेपालको दक्षिणी छिमेकी भा’रतसँग वि’वाद चर्किरहेका बेला उत्तरी छिमेकीले का’र्गोरेल नि’यमित संचालनमा ल्याएएको हो। यसअघि भारतको कल’कत्ताबाट समुद्री मार्ग हुँदै सामान ल्याउँदा नेपाललाई ३५ दिन लाग्ने गरेको थियो। तर अब सातदेखि नौ दिनमै उक्त सा’मान काठमाडौं आ’इपुग्नेछ।

भारतले सन् २०१५ मा नेपालमा नाकाबन्दी गर्दा चीनसँगका नाका खोल्ने निर्णय गरिएको थियो । नेपालले अन्तर्रा’ष्ट्रिय व्यापारमा भारतसँगको एकल निर्भरता ह’टाउन चीनका समुद्री र सुख्खा बन्दर’गाह हुँदै अन्य मु’लुकसँग व्या’पार गर्ने सम्झौता गरेको थियो। नेपालले अघिल्लो वर्ष चीनसँग हिमा’लयपार व्यापार तथा पा’रवहन सम्झौता गरिसकेको छ।

यही क्रममा चीनले ला’न्झौबाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेल पुनः सुरू गरेको हो। चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सि’आन पश्‍चिम रेलवे स्टेसनले काठमाडौं पुग्‍ने नयाँ गन्तव्य स्टे’सन सुरु गरेको हो।

इन्टरमोडल प्रणालीमा चल्ने यो कार्गो रे’लबाट पर’म्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा समय पनि थोरै लाग्नेछ। यसबाट प्र’शासनिक खर्च पनि क’म हुने चिनियाँ अधिकारीहरुले बताएका छन्।  १३ लाख डलर बराबरका ती सामाग्री ८ दिनमा  काठमाडौं पुग्‍ने बताइएको छ।

यसअघि शुक्रबार सियानबाट पनि काठमाडौंका लागि माल’वाहक रेल छुटेको थियो। यहाँ’बाट सातामा एक प’टक काठमाडौंका लागि कार्गो रेल पठाउने योजना चिनियाँ अधिकारीले बनाएका छन्।

लान्झौबाट शि’गात्सेसम्म २४ सय ३१ कि’लोमिटर लामो रेल यात्रा हुनेछ। त्यहाँ’बाट ५६४ किलोमिटरको स’डक छिचोल्दै केरूङ पुग्नेछ। केरुङबाट १६० किलो’मिटर सडक यात्रापछि सा’मान काठमाडौं आ’इपुग्‍नेछ।

काठमाडौं सा’मान पठाउन थालेको यो स्थान बेल्ट एण्ड रोड र अन्तर्राष्ट्रिय व्यापारको एक केन्द्र हो। चीनका लागि यो के’न्द्र दक्षिण एसियामा बजार बढाउन राम्रो वि’कल्प भएको छ।

नेपाल र चीनबीच गत वर्ष हि’मालयपार व्या’पार तथा पारबहन सम्झौता भएको थियो। त्यसबेला परीक्षणका लागि ला’न्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाह’बाट पहि’लोपटक मा’लबाहक रेल नेपालका लागि छुटेको थियो।

नेपालले चीनसँग गरेको सम्झौता का’र्यान्वयन हुन थालेको हो। लान्झोउ सुख्खा बन्दरगाह चीनका दश ठूला व्या’पार केन्द्रमध्ये एक हो। सन् २०१६ मे मा नेपालका लागि पहिलो कार्गो रेल छुटेको थियो। चीनले अहिले त्यसको गु’णस्तर नि’रन्तर सुधार गरेको जनाएको छ । दक्षिण एसियामा कार्गो रेलमा’र्फत चीनले करिब ४ बिलियन यु’आन बरावरको व्या’पार ग’रिसकेको छ। थाहाखबरबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed