मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“निशा घिमिरे,लाई आँचल शर्माले एक लाख सहयोग”

“काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् । आइतबार निशालाई भेट्न अस्पताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् ।”

“आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलको भनाइ छ ।”

“तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममा सवारी दुर्घटनामा परी ब्रेन इञ्जुरी भएकी निशाको गत विहीबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् ।”

“निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?