मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो, आखिर को हुन्?

1 min read

काठमाडौँ– कोरोना भाइर’सको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार विहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्ब’रको सरका’री गाडीमा युवती लिएर स्वयम्भुमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास म’न्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो ।

सा’माजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो।आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सर’कारी गाडीमा युवती लिएर उनी स्वयम्भु डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

पत्रकार छायाचन्द्र भ’ण्डारीले स्वयम्भुको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बने’को भिडियो र तस्वीर खिचेका थिए ।जोडीको उक्त हर्कतपछि पत्र’कार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी प’त्रकार भ’ण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र सत्य तथ्य बुझेर सरकारी गाडी दुरुपयोग गर्दै सार्वजनिक स्थल’मा अस्वभाविक हर्कत गर्नेलाई कारबाही गरिने गृह म’न्त्रालयका प्रवक्ता जनकराज दाहा’लले बताए।- इताजाखबर बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?