मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नि’षेधाज्ञा सातदेखि दश दिन थपिने, निजी गाडी जोर वि’जोर गर्नेबारे मा छलफल

काठमाडौं । काठमाडौं उप’त्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जि’ल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन्।

यसै गरि अ’वको थप निषे’धाज्ञामा फे’न्सी,भा’डा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले  जानकारी दिनुभयो ।

यसै गरि निजी सवारी सा’धन’लाई जोर वि’जोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अ’वको थ’प निषे’धाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने वैठ’कले यस वि’षयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताउनुभयो ।

स्मा’र्ट लकडाउन भन्ने कुरा मि’डियाबाट था’हा पाए’को भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी न’भएको समेत उहाँले बताउनुभयो । किराना पसल, डि’पार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्मा’णकाे क्षेत्र’मा काम गर्न यस अघि खुला गरिएको थियो । पछिल्लोपटक थप गरि’एको नि’षेधाज्ञाको अवधि यही असार ७ गते पछि सकिँदैछ भने उ’पत्यकामा गएको वैशाख १६ गतेदेखि नि’षेधाज्ञा ला’गु गरिएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?