मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कांग्रेसको आ’रोप: सांसद जनार्दन शर्माले रुकुम घटनाका दोषीलाई उन्मुक्ति दिन खो’जे!

काठमाडौं, १३ जेठ । गत शनिबार राति रुकुम पश्चिममा भएको घटनामा क’थित ठूलो जातकी यु’वतीसँग विवाह गर्न गएका जाजरकोटका नवराज विक र उनका सहयोगीहरु टीकाराम सुनार र गणेश बुढाले केटीको माइती पक्षको आ‘क्रमणमा परी ज्या’न गुमाएका थिए, भने गो’विन्द शाही, लोकेन्द्र सुनार र सन्दीप वि.क. बेप’त्ता छन् ।

यसै विषयलाई लि’एर मंगलबारको प्रतिनिधिसभाको बैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीति हुन नसक्ने बताएसँगै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले विरोध जनाएका छन् ।

सांसद श’र्माले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नका लागि रुकुम र जा’जरकोट जिल्ला प्रशा’सन कार्यालयले सहकार्य गरेर काम गरिरहेको बताउँदै रुकुममा ‘छुवाछुतका घटनामा राजनीति’करण हुन नसक्ने’ बताएका थिए ।

यसैक्रममा उनले ११ जनाले भेरी नदीमा हाम फालेको र पाँच जनाले पौडी खे’लेर तैरिएको तर, ती’न जनाको शव भेटिएको बताएका थिए । त्यस्तै अ’न्य तीन जना बेपत्ता भएको बताएका थिए ।

सांसद शर्माले उक्त घटनाको बारेमा यसरी आफ्नो भ’नाइ राख्दै गर्दा कांग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेस सांसदहरूले उभिएरै वि’रोध गरेका थिए ।

विरोध जनाउने क्रममा कां’ग्रेस सांस’द प्र’काश रसाइली स्नेहीले उ’क्त घटनामा पूर्व गृहमन्त्री शर्मा र बहालवाला मन्त्री तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले रा’जनीतिक रंग दिइरहेको आ’रोप लगाए ।

त्यस्तै, कां’ग्रेस अन्य सांसदहरुले रुकुम चौरजहारीको उक्त घटनामा सांसद ज’नार्दन शर्मा आफैले पीडकको पक्ष लिएर राज’नीतिक पहुँचको आधारमा दो’षी’लाई उन्मुक्ति दिने खेलमा लागेको आ’रोप लगाएका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?