मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सिन्धुपाल्चोकको भि’षण बाढीले बगाएर बाँच्न सफल नारायण भन्छन् मलाई दाउरालाई जस’री बाढीले बगायो(भिडियोसहित)

काठमाडौँ । सिन्धुपाल्चोकमा आएको भिषणबाढीले अहिले ठूलो समस्या निम्तिएको छ । कैयौँ सर्वसाधारण घरबार विहिन बन्दा मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेको समयमा नै बाढीले बगायो ।

असार १ गते साँझ ६ बजे आएको बाढीले बगाउँदा आफ्नो बाँच्ने दिन यत्तिनै रहेको बताउने नारायण ग’म्भिर घाइ’ते भए । बाढीमा बग्दै जाँदा उनी मुस्कि’लले एउटा रुखमा अड्किन पुगे र रुखकै सहारामा उनी बाँचे । बाढीको छालले रुखलाई निरन्तर हल्लाइरह्यो । रुखको सहारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागिरह्यो उनीलाई तर पनि उनले हिम्मत हारेनन् र बाँच्ने आशा बढेर गयो । एउटा रुखले नारायाणलाई पुर्नजीवन दियो ।

रुखमा अड्कीएको बेलामा उनका मनमा कैयौँ कुराहरु खेलीरहे । उनलाई दैवले लाने दिन आजै रैछ, यो रुख नबगाउन्जेल बाँचौंला जस्तो लागेको थियो रे तर हुने हार दैव न’टार भनेझै उनको समय नआएकाले दैवले पनि उनलाई लैजान स’केन र अन्तत उनले पुर्नजीवन पाए ।

नारायाणले सँगै रुखमा अ’ड्कीएका ज्ञानेन्द्रलाई बगाएको देख्दा केही गर्न सकेनन् । यी दृश्य र परिवेश हेर्दा नारायणले आफू बाँचिन्छ भन्ने आश मारि’सकेको भए’ता पनि उनको भाग्य बलियो रहेछ र आज यसरी कुराकारी गरिरहेका छन् । आफ्नो परिवारसँग बस्न र बाँकी जीवन जिउन पाएका छन् ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?