मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को’रोनाले समग्र गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिने, महंगी बढ्ने: मन्त्री खतिवडा

काठमाडौं, १३ जेठ । सरकारले कोरोना भाइरसअघि अर्थतन्त्रको अधिकांश परिसूचक सन्’तोष जनक रहेको तथ्यांक सहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को फा’गुनसम्म आर्थिक परिसूचक सकरात्मक रहेको तर, कोरोना पछि भने अ”र्थतन्त्रमा समग्र गतिविधि ठप्’प हुदाँ आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा खुम्चिने आर्थिक सर्वेक्षणले देखाएको छ ।

चालुआर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने सरकारी आर्थिक सर्वेक्षणले देखाएको छ।

प्रतिनिधिसभा बैठकमा अर्थम”न्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गरेको सर्वेक्षणले फाल्गुनसम्म आर्थिक गतिविधि तीव्रता पाएको तर, कोरोना भाइरस पछि भने विशेषगरी पर्यटन क्षेत्र, उद्योग व्यापार क्षे’त्र प्र’भावित भई आर्थिक वृद्धिमा चाप परेको देखाएको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले संस’दलाई चालु बर्षको अवस्थाका बारेमा जानकारी दिनुपर्ने निय’मानुसार मन्त्री खतिवडाले चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराउनुभयो ।

सरकारले कोरोना भाइरसका का’रण वर्षको अन्त्यमा असहज परिस्थिति सृजना गरेको उल्ले’ख गर्दै आर्थिक बृद्धि खुम्चिएको जनाएको छ ।

यस्तो छ अर्थतन्त्रका परिसूचक :

– आर्थिक वृद्धिदर २.१ प्रतिशत
– प्रतिव्यक्ति आय १ हजार ८५ डलर
– कूल उपभोग दर ८१.९ प्रतिशत, कूल ग्रार्हस्था बचत १८.१ प्रतिशत
– कूल लगानी १८ खर्ब ८९ अर्ब २६ करोड ९३.५ प्रतिशत घट्यो
– कूल खर्च ६ खर्ब १० अर्ब ६८ करोड ९१२ प्रतिशत वृद्धि
–चालु खर्च ४ खर्ब ५० करोड
–पूँजिगत खर्च ९६ अर्ब
– वित्तिय व्यवस्था ६३ अर्ब ४२ करोड
– निरपेक्ष गरिबी १६.६७ प्रतिशत
– व्यापार घाटा ८ खर्ब ५० अर्ब २३ करोड ४ दशमलव २३ ऋणात्मक
– मुद्रास्फिति ६.४ प्रतिशत
– राजश्व संकलन ५ खर्ब ४६ अर्ब मध्ये, करतर्फ ४ खर्ब ९७ अर्ब, अन्य ४९ अर्ब २५ करोड
– सार्वजनिक ऋण, ११ खर्ब ३९ अर्ब ८० करोड
– बैदेशिक अनुदान १६ अर्ब १९ करोड
– बैदेशिक ऋण ९३ अर्ब
– वीमा पहुच जनसंख्या २६ प्रतिशत

बैठकमा मन्त्री खतिवडाले प्रति ब्यक्ति आय हजार ८५ पुगेको जानकारी पनि दिनुभयो । यस्तै, कुल लगानी ३ दशमलव ४ प्रतिशतले घटेको उल्लेख गर्दै १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिवी १६ दशम’लव ६७ प्र’तिशत रहने उहाँको अ’नुमान छ ।

यस्तै, सर्वेक्ष’ण सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले यस वर्ष महंगी बढ्ने समे’त बताउनुभएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?