मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जातिय वि’भेदले निम्त्याएको क्रू’रता वि’रुद्ध हाम्रो समाज कहिले एकजुट होला?✍️कल्पना बास्तोला

संसारले दुःख भोग्नुको का’रण खराब व्यक्तिको आतंक मात्रै प्रमुख कारण होइन असल मान्छेको मौनता पनि हो ।जब देखी आफुले आफु’लाई बुझ्न थाले त्यसवेला देखि अन्यायको लडाइमा लड्दै आईरहेको छु । हाम्रो समाजमा विद्यमान कुरिती चाहे सामाजिक होस वा जातियताका आधारमा गरिएको थिचोमिचोका विरुद्ध आवाज बुलन्द गर्दै सबै जातको उत्तिकै सम्मान र स्वभिमानको सुरक्षाका लागि, म जस्ता धेरै यू’वाहरुलाई सचेत गराएकी छु ।

समाजका कयौं बिकृती र बिसङ्गतीका बि’रुद्ध कदम चाल्दा समयाक्रममा मैले विभिन्न आरोप , लाओचना सहन बाध्य पनि भएको छु । तर समाज परिवर्तन हुन्छ भने हामी जस्ता हजारौ यूवाहरुले त्यस्ता आरोप र अबरोधलाईलाई ह’टाउन जोखिम उठाउने मात्रै होइन आबश्यक परेमा वलिदान दिन पनि तयार हुनु पर्छ । म सोच्ने गर्थे आजका यूवा धेरै सचेत छन् । भलै पितृसत्तात्मक समाज किन नहोस तर एकाइसौ श’ताब्दिलाई राम्ररी बुझ्दछन् । तर होइन रैछ । मेरो बुझाई भन्दा फरक रैछ यो समाज ।

एक नाबालिकाले तिमीलाई उत्तिकै प्रेम ग’र्थिन वा गर्दिनथिन त्यो बेग्लै कुरा हो दुबैमा प्रेम थियो र बिश्वास पनि रहेछ त्यही बिश्वासले एकातिर लकडाउन अर्कोतिर रातीको समयमा पनि साँचो प्रेम प्राप्तिको लागि त्यो हिम्मत गरेका थियौ । तर नबराज तिमीले त्यो आँट गर्नु अगाडि समाजको ऐना हेर्न बिर्सियौ कि थाहा थिएन तिमीलाई ?? तिम्रो कमजोरीमा टेकेर समाजले अक्षम्य र पासबिक अपराध गरेको छ । तिम्रो कम’जोरीलाई सम्झाई बु’झाई गर्नुपर्नेमा ज्यानै लिनेगरी आक्रमण गर्नु किमार्थ सोच्न सकिने कुरा थिएन ।

समाजिक सञ्जालमा भेटेको तिम्रो फोटो हेर्दा कलिलो र अनेकौ रहरहरु मनमा फुराएर मुस्कुराएको प्रष्ट देखिन्छ। साथमा बोकेको रास्ट्रिय झण्डाले अझ प्रष्ट हुन्छ देशप्रतिको माया र तिम्रो स’मर्पण । तिम्रो मुटुभन्दा प्यारो रा’ष्ट्रले ति’मीलाई स्वाभिमान सहित बाँच्ने अधिकार सुनिचिश्त गरेन । आफ्नो प्रेम नै सर्व’परी ठान्यौ तिमीले तर समाजले तिम्रो चोखो प्रेमलाई बु’झेन । अत्यतः सधैको लागि एउटा तारा अस्तायो ।अबका दिनमा सबैको सम्झनामा मात्र रह्यौ । द’र्दनाक पिडाले कति चिच्याउन बाध्य बनायो होला । कति हारगुहार गर्यो होला । स्मरणमा रहेका सबै’लाई पुकार्यौ होला । यदि अवस्थाले तिमीलाई अरुलाइ सम्झन नसक्ने बनाए पनि, अन्तिम पटक आफ्नो जन्म दिने बा,आमालाई त पक्कै पनि सम्झियौ होला है?

हाम्रो धर्ममा भएको विकृती जहाँ सबै जात जातिको सम्मान हुदैन किन ?कामीको सिपले नेपाल जोडियो, दमाईको सिपले पहिचान मिल्यो ,सार्कीको सिपले हरेकपाइलामा काडा बिझ्न दिएन।दु:खको कुरा जसको सिपले नेपाल जितेर आफ्नो प’हिचान जोगायो आज तिनै समुदाय अछुत भई रहेका छन् । धन्न का’मीसङ्ग खुकुरी बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।
समाजमा विभेदको अन्त्य गर्ला भनेर चु’नेको प्रति’निधि नै आज तिम्रो मृत्युको रक्षाकबज बन्नुपर्नेमा मौन बसे कि ? तिनको मौनता तिमी मात्रै होइन तिमिसङ्गै ३ जना अस्ताए भने थप ३ अझै बेपत्ता छन।

तिमीमा घटेको यो दर्दनाक घटनाले अब हामी यूवाहरु शान्तिपूर्ण सचेतनामा होइन क्रा’न्तिपूर्ण चेतनामा लाग्न बाध्य हुनेछौं । शान्तिपूर्ण परिवर्तनको युद्ध जित्ने आशा बोकेका यूवाहरुलाई बन्दुक बोक्न सिकाउँदैछ यो समाजले । मान्छेको बाच्ने अधिकार लुट्ने यसै समाजका उपल्लो वर्ग, केही कुखुरे बाहुन, क्षेत्री भनाउँदालाई यिनै दलित समुदायले एक दिन यातना दिने पक्कै पनि समय आ\उनेछ।

दलित समुदा’यहरुलाई आ’धार बनाएर शक्तिमा पुगेका प्रचण्ड र बाबुरामले संविधान संशो’धन गरेर छुवाछुतको व्यवहार सहदै आएका समुदाय र ठूलाबडा शासकका बीचमा भएको जातिय पर्खालको अन्त्यका लागि कठोर सजाय दिनु पर्छ भनेर आ’वाज उठाउँनु पर्छ, हैन भने सडकमा यूवाहरुले क्रान्ति सुरु गर्नेछन् ।अन्या’य गर्नु मात्रै पाप होइन सहनु पनि पाप हो। सबै जात र जातीय स्वभिमानको सुरक्षाका लागि, आवाज उठाउ, बोलौ, जागौ सचेत युवाहरु….

कल्पना बास्तोला
मोरङ्ग पथरिनगर – ५
हाल – काठमाडौ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?