मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

तेह्रौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा समस्त नेपालीहरुलाई शु’भकामना

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्व’देश तथा विदेशमा रहनुभएका स’म्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ’हरुलाई हार्दिक ब’धाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लो’कतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हा’र्दिक श्रद्धा’ञ्जलि अर्पण गर्नुभएको छ ।

गणतन्त्र स्था’पनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गण’तन्त्रलाई थप सुदृ’ढ तुल्याउन हा’र्दिक आह्वानसमेत गर्नुभएको छ ।

अपार जनसहभा’गिता रहेको ऐति’हासिक जनआन्दोलनको प’रिणामस्वरुप स्थापित ज’ननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहा’सिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विष’म परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उ’ल्लेख गर्नुभएको छ ।

‘आजको यस ऐति’हासिक दिवसले सम्पूर्ण नेपा\लीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदा’को दिगो उ’पयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र स’मुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति’द्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

सदाकाल स्वाधीन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सु’दृढीकरण गर्न अतु’लनीय योगदान पु¥याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उहाँहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनु’प्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हा’र्दिक आ’ह्वान गर्नुभएको छ ।

निकै लामो सङ्क्रमणकालपछि राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समा’जवाद उन्मुख आ’र्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरु तथा सबै नागरिकमा आ’ह्वानसमेत गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नो’बल कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अ’मूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले सङ्क्रमित बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

ऐतिहासिक दिवसले सबै नेपा’लीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय स’ङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने राष्ट्रपति भण्डारीले शुभेच्छा प्रकट गर्नुभएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?