मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

संसदमा आज बजेट प्र’स्तुत हुँदै, बेरोजगारीका लागि बिशेष कार्यक्रम ल्या’इने

1 min read

काठमाडौं, १५ जेठ । सरकारले आ’र्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज (बिहीबार) सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युव’राज खतिवडाले सङ्घीय सं’सद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।

अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यह’रूलाई सूचि’त गरिसकेको छ । दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको छ ।

सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विव’रण ब’जेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधा’निक प्रावधान छ ।

सरकारले योपटक कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ५० अर्ब हाराहारीमा ल्याउने अर्थ’मन्त्रालयले अन्तिम त’यारी गरेको छ ।

जेटले स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता दिने भएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड, पर्यटन क्षेत्रमा बिशेष कार्यक्रम, प्रधानमन्त्री रोजगार का’र्यक्रमलाई प्राथमिकता र बेरोजगार श्रमिक मजदुरलाई बिशेष का’र्यक्रमलाई मू’ल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ ।

रोजगारीका लागि प्रधानमन्त्री रोजगार का’र्यक्रमको स्व’रूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।

बजेटमा नयाँ महत्वाकांक्षी र ठूला आयोजनाहरु समावेश नगरिने भए पनि पूराना, सम्पन्न हुन बाँकी रहेको बि’कास आयो’जनाहरुलाई भने निरन्तरता दिने भएको छ ।

सरकारको अना’श्यक र फ’र्जुल ख’र्च घटाउन सबैतिरबाट आएको दवावका कारण आगामी बजेटमा संसद वि’कास कोषको रकम कटौती र अनावश्यक खर्च समेत घटाउने तयारी गरिएको छ ।

जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्राल’यगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियो’जन पारित गर्ने तयारी सचिवालयको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?