मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सभामुखकाे विश्वास: गणतन्त्रले सम्बृद्ध नेपाल निर्माण गर्ने महा’अभियानमा लाग्न प्रेर’णा मिल्ने

काठमाडाैं, १५ जेठ । सभामुख अग्नि’प्रसाद सापकोटाले अब हरेक नेपाली जनताको जी’वनस्तर माथि उठाउनु पर्ने दायित्वमा दत्तचित्त भएर लाग्नु पर्ने बताउनुभएकाे छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै सभामुख सापकोटाले गणतन्त्र दिव’सलाई विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ बताएका बताउनुभएकाे छ ।

‘गणतन्त्र स्थाप’नाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा हामी कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं । जसका का’रण यस बर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन । एकातिर महा’मारीबाट जनताको जीवनरक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दी अर्थात् लकडाउनका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि ब’ढ्नुपर्नेछ । गण’तन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ,’ जारी सन्देमा उहाँले भन्नुभएकाे छ ।

यस ऐति’हासिक दिवसका अवसरमा आम नागरिकको अपेक्षाअनुसार संविधानले निर्दिष्ट गरेका लक्ष्य र दा’यित्व पूरा गर्न दल’हरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न प्रेरणा मिल्ने विश्वा’स लिएकाे पनि उहाँले बताउनुभएकाे छ ।

सापकोटाको शुभकामना सन्देशकाे पूर्णपा’ठ

तेह्रौं गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु । २०६५ साल जेठ १५ गते संविधानसभाको बैठक’बाट घोषणा गरिएको गणतन्त्रको नेपालको संविधानमार्फत् संस्था’गत भएको छ ।

यस अवसरमा नेपालमा ग’णतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुती दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति भाव’पूर्ण श्रद्धा’ञ्जली अर्पण गर्दछु ।

गणतन्त्र प्राप्तिको कठोर संघ’र्षमा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्य’सत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानीभावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मा’न व्यक्त गर्दछु । उहाँहरुको साहस, अग्रगामी परिवर्तनको तीब्र इच्छाशक्ति एवं बलिदानीपूर्ण संघर्षका कारण हामी आजको अवस्थासम्म आइपुगेका हौं।

नयाँ संविधानमार्फत् हामीले गण’तन्त्रलाई संस्थागत गर्ने कार्य सम्पन्न गरेको छौं । ग’णतन्त्र संगसंगै नयाँ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनि’श्चित गरियो जसको व्यवहारिक अभ्यास भइरहेको छ । अब हामीले हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनु पर्ने दायित्वमा दत्तचित्त भएर लाग्नु पर्नेछ ।

गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा हामी कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल प’रिस्थितिको सामना गर्न बाध्य छौं । जसका कारण यस बर्षको गणतन्त्र दिवस उल्ला’समय तवरमा मनाउन सकिने अवस्था रहेन । एकातिर महामारीबाट जनताको जीवनरक्षाको सवाल छ भने अ’र्कोतिर बन्दाबन्दी अर्थात् लकडाउनका कारण उत्पन्न आर्थिक वि’षमतालाई पार गरेर अघि बढ्नुपर्नेछ । गणतन्त्र दिव’सलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ ।

यस ऐतिहासिक दि’वसका अवसरमा आम नागरिकको अपेक्षाअनुसार संविधानले निर्दिष्ट गरेका लक्ष्य र दा’यित्व पूरा गर्न दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।

अन्त्यमा, सम्पूर्ण नेपा’लीजनमा तेह्रौं गणतन्त्र दिवसका अवसरमा हार्दिक बधाई एवं शुुभकामना व्यक्त गर्दछु ।

२०७७/०२/१५
अग्निप्रसाद सापकोटा
सभामुख

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?