मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्वाभिमानी नेपालीलाई मि’चाहा प्रवृत्ति स’ह्य हुँदैनः सांसद मीनेन्द्र  रिजाल

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल य’सपटक निकै चर्चामा छन्। प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँगको सम्बन्धलाई लिएर कां’ग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जन’तालाई समेत त’रंगित तुल्याए।

रिजाल अ’तिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूत’पूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सु’झाव दिन्छन्।

‘भारतले फेरि एकपटक नेपालको चि’त्त दुखाएको छ,’ उनले भने। 

नेपालले ग’म्भीर र सहिष्णु भएर आफ्ना प्रमाणहरू अघि राख्दै  ल’गातार २३ वर्षदेखि उठाएका विष’यलाई बेवास्ता गरेकै का’रण नेपालीको म’न निकै दुखेको बताउँदै रिजालले स्वाभिमानी नेपा’लीलाई सीमित भारतीयले देखाउने सामन्तवादी व्यव’हार सह्य नहुने ब’ताए।

यही विषयमा के’न्द्रित रहेर राससका समाचारदाता नारायण न्यौपाने र भीष्मराज ओझाले रिजालसँग गरेको कुराकानीको सम्पा’दित अंश:

छिमेकी मुलुक भा’रतसँग बेलाबेलामा नेपालको सीमा विवाद उठ्ने गरेको छ, यसलाई क’सरी लिनुभएको छ?

प्रजातन्त्रको पुनःस्थापनापछि खासगरी २०५७ सालदेखि कालापानी, लि’म्पियाधुरालगायत सीमाको  विषय गम्भीर रूपले उठ्दै आएको छ। त्यसबेला गिरिजा’प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसैबेला नेपाल र भारतले सीमाको विषय टुङ्ग्याउन बाँकी भनी स्वीकार गरेका हुन्। त्यसभन्दा अघि २०५४ सालमा भारतीय प्रधानमन्त्री इ’न्दरकुमार गुजरालको नेपा’ल भ्रमणको बेला सुल्झाउन बाँकी सीमा मुद्दालाई थाती मुद्दाका रुपमा स्वी’कार गरिएको थियो। पछिल्लो समय भारतले नक्सा जारी गरिसकेपछि नेपालले यसको प्रतिरोध गर्‍यो। भारतले दुवै देश कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि कूट’नीतिक माध्यमबाट समस्या समाधान गर्न सकिन्छ भनी स्वीकार पत्र पठायो। त्यसभन्दा अगाडि २०७२ सालमा काँग्रेस सभापति सु’शील कोइराला प्रधानमन्त्री हुँदा भा’रत र चीनले लिम्पियाधुरा क्षेत्रमा बाटो बनाउने कुरा  गरे।

तत्कालै  नेपालले भारत र ची’नलाई पत्र लेखेर तपाईँहरू नेपालको सार्वभौमिकता रहेको लि’म्पियाधुरा र लिपुलेक भञ्ज्या’ङबाट बाटो बनाउन पाउनु हुन्न, तपाईंहरूले गलत गर्नुभयो, यो दुई पक्षले मात्र कुरा गरेर अघि बढाउने विषय होइन भनेर पत्र प’ठाइएको थियो।

पछिल्लो समय चीनले यस्ता वि’षयमा एकांगी निर्णय गरेर हुन्न भनेको छ। यस अर्थमा चीनले घुमाउरो पाराले २०७२ मा आफ्नो गल्ती भएको स्वी’कार गरेको अ’नुभव हुन्छ। कोरोनाको कहर सकिएपछि छलफलका माध्यमद्वारा टुङ्ग्याऔँ भनिएको बेला त्यसलाई बेवास्ता गर्दै भारतका रक्षामन्त्रीले मान’सरोवर जोड्ने कथित स’डक उद्घाटन गरेपछि परिस्थिति जटिल बनेको छ।

के नेपालसँग यस विष’यलाई लिएर आफ्नो अडान राख्ने बलिया आ’धार नभएका हुन्?

आजको दिनसम्म धेरै सहज रुपमा यो समस्या समाधान गर्ने खालको भारतको सोच दे’खिन्न। कालापानी, लि’पुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने हामीसँग असाध्यै बलिया प्रमाण छन्। हा’मीसँग भएकाले मात्र होइन, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा भएका दर्जनौ प्रमाणले पनि त्यो क्षेत्र नेपालकै हो भन्ने पुष्टि गर्छन्।

सन् १८१६ को सुगौली सन्धि र त्य’सलाई अझ प्र’ष्ट पार्न गरिएको १८१७ को सन्धि, विसं २०२७ र २०३० मा जारी भएको नक्सा, दुवै देशका ने’तृत्व तहमा  २०५४ र २०५७ मा भएका कुराकानी र सहमति पनि यथेष्ट प्र’माण हुन्। भारतकै बृटिशकालीन नक्सा र त्यहाँका प्रान्तका नक्सामा जहिले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको हो भनेर देखाइएको छ। अहिले एकाएक त्यो क्षेत्र समेटेर भारतले नक्सा प्रकाशित गरेको हो।

त्यो भू’भाग नेपालको हो भन्ने जग्गाको तिरो तिरेको, जनगणनाको, चुनावमा मतदाता रहेको र चन्द्रशम्शेरका पालामा त्यहाँका जनताले दुःख पा’ए भनेर मुखियाले लेखेको चिठीलगायतका यति धेरै प्रमाणहरू हामीसँग छन्। दुनियाँमा कसैले देख्दा पनि नेपालले अर्घेल्याइँ गरेको छैन भन्ने प्रमाणले नै प्रष्टयाएको छ। यिनकै आधारमा विवादको समाधान हुन्छ।

के यसले अब द’वाव नै चाहिएको हो भन्ने बुझाउँछ?

हामीले वार्ता र कू’टनीतिक माध्य’मबाट टेबु’लमा बसेर भारतले उब्जाएको समस्या समाधान गर्न दबाब सिर्जना गर्नुपर्छ। भारतको संसद्मा विपक्षी दलले पनि नेपालसँगको सम्बन्ध धेरै पुरानो, गहिरो र मित्रवत् हो, अत्यन्त दुःखका दिन स्वतन्त्रता संग्राममा हा’मीलाई साथ र स’हयोग पुर्‍याएको थियो, नेपालसँगको  सम्बन्धलाई बिग्रन दिन हुन्न भनेर संसद्मै कुरा उठाएका छन्।

मैले देखेको र बुझेको दुई वटा भा’रत छन्। बिपी भन्नुहुन्थ्यो, आम रूप’मा अ’सङ्ख्य भारतीयमा नेपालप्रति असाध्यै ठूलो स्नेह र मैत्रीभाव छ। दुईवटा बेग्लाबेग्लै देशका नागरिकको जस्तो भा”वै छैन।

नेपाली नागरिकले भारतमा र भारतीयले नेपालमा सहज रूपमा आ’वतजावत र रोजगारी समेत गर्न सक्छन्  तर सत्तामा बसेका र बाहिरका केही सी’मित व्यक्तिमा भने कताकता हिजोको उपनिवेशका बेला बेलायतीले भार’तीयलाई हे”प्ने गरेजस्तै नेपालीलाई हेप्नुपर्छ भन्नेजस्तो मिचाहा प्रवृत्ति देखिन्छ। यस्तो ग’लत प्र’वृत्तिको अन्त्य हु’नुपर्छ।

नेपालमा पनि भारत र भारतीयप्रति असाध्यै सद्भाव छ। प्रधानमन्त्री मोदी पहिलो पट\क नेपाल आउँदा म सवारीमन्त्री थिएँ। आम नेपाली जनता मो\दीलाई हेर्न, भेट्न र छुनलाई उर्लिएको  त्यो भीड स’म्हाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। त्यस भा’वनालाई दुई देशबीचको सम्बन्धको उदाहरणका रुपमा लिइएको थियो।

यस्तो भावनात्मक सम्बन्ध कसरी विवादित भयो त?

एकाएक भूकम्प’बाट मार खेपिरहेका बेला नाकाबन्दी गर्ने र कोरोनासंग लडरिहेका बेला कालापानीलगायतका क्षेत्रको अतिक्रमण गरी नक्सा प्रकाशित गरी स’डकसमेत बनाउने काम गरेर भारतले नेपाल र नेपालीको मन कुँडयाएको छ।

नेपालले गम्भीर र  स’हिष्णु भएर प्रमाण अघि राखेर २०५४ देखि आ’जसम्म २३ वर्ष ल’गातार कालापानी क्षेत्रको कुरालाई कूट’नीतिक माध्य’मबाट हेरौँ, मि’लाऔँ भनेकामा भारतले पटक्कै नसुन्दा नेपालीको मन दुख्दैन?

केही सी’मित भार’तीय व्यक्ति र मिडियाकर्मीले स्वाभिमानी नेपालीलाई घम’ण्ड देखाउने, अप’मान ग’र्न खोज्ने, सामन्तवादी हेपाहा र मिचाहा प्रवृत्ति देखाउन खोज्छन् भने त्यस्तो व्य’वहार स’हन सक्ने कुरा भ’एन।

नेपाली जाति अरूका लागि स’मेत जहाँसुकै लडेको जाति हो, इतिहासमा भारतको रक्षा र सुरक्षाका लागि लडेका छौँ, दुनियाँमा हाम्रो वीरताको गाथा छ। यहाँ कसैले मिचाहा प्रवृत्ति देखाउँछन् भने कसरी सहने भन्ने भा’व देखिनु स्वा’भाविक हुन्छ।

सीमा र नेपालको नयाँ नक्साका बारेमा भा’रतीय सञ्चारमाध्यम’लाई तपाईंले गतिलो ज’वाफ दिनुभएको भनेर स’र्वत्र प्रशं’सा भएको छ नि!

त्यस संवादपछि मप्रति प्रेमभाव उर्लिएको छ,  स्वदेश होस् वा विदेशमा बस्ने स्वाभिमानी हरेकले नेपालीले प्रतिवा’द गर्ने मीनेन्द्र होइन  स्वयम म हुँ भनेर अ’नुभूत गर्नुभएको हुनुपर्छ। मेरा लागि यो ठूलो नि’धि हो। अब विगतमा मेरो दुष्प्रचार गर्नेहरूलाई जवाफ दिइरहनु पर्ने अ’वस्था रहेन। म आफूप्रति देखाइएको प्रेम र सद्भाव, आदर र सम्मानलाई अपमान हुन दिने काम गर्ने छैन।

नेपाल भारतबीचमा देखिएका सीमा वि’वाद सम्बन्धमा सरकारले चालेको क’दमलाई तपाईं र तपाईंको पार्टीले कसरी लिएको छ?

यस्तो बेलामा प्रधानमन्त्रीले राष्ट्रलाई ए’कताबद्ध गर्ने हो। कसको देशभक्ति बढी छ, कसको कम छ भनेर देखाउने बेला यो हैन। यस्ता कठिन घडीमा कसैले कताकता खेल्ने, एकले अ’र्कालाई औंला देखाउने जस्तो प्रवृत्ति रहन्छ। प्रधानमन्त्रीज्यूलाई सुझा’व दिन चाहन्छु, जति स’क्नुहुन्छ छिटो जनतालाई  एउटा छाताभित्र ल्याएर नेतृत्व गर्दै अघि बढ्नुस्, नेपाली काँग्रेस सहयोग र समर्थन गर्न  तयार छ। 

काँग्रेसजन पनि केमा प्रष्ट हुनु’पर्छ भने पर’राष्ट्र नीति गौँडागौँडाबाट सञ्चालित हुँदैन। यो सत्तापक्षको एउटा प्रतिपक्षको अर्को हुँदै’न। सरकारले सञ्चा’लन गर्ने परराष्ट्र नीतिमा हामीले सरका’रलाई सह’योग र समर्थन पु’र्‍याउने हो। सरकारले मागेका सल्लाह सुझा’व हामी उपलब्ध गराउँछौँ। 

प्रधानमन्त्रीज्यूले जति उदार मनले राष्ट्र’लाई ने’तृत्व गर्न सक्नु हुन्छ, त्यति नै प्रधानमन्त्रीज्यूको ओज बढछ्। राष्ट्रका विषयमा दुविधा भएमा स्व बिपीले ‘एक मुठी माटो हातमा लिएर सोध, माटोले जे भ’न्छ त्यही गर’ भने झैं गर्नुपर्छ। विवेकपूर्ण ढंगले देशप्रति सम’र्पित भएर नि’र्णय ग’र्नुपर्छ।

कतिपय ठाउँमा सी’मास्तम्भ नासिएर वा नदीले बगाएको पनि छ। साथै भारतीय पक्षले दशगजा क्षे’त्र नजिकै बाँध बाँधिदिने गर्दा वर्षेनी नेपाली भूभा’ग डुबानमा पर्ने गरेको छ। यी समस्याहरुको समाधानमा ने’पाल सरकारको पहल नपुगेको हो कि भार’तीय पक्ष उदा’सीन देखिएको हो?

यो चरम असंवेदनशीलता हो। कोरोना भाइरस संक्र’मणबाट मुक्ति पाएपछि द्वि’पक्षीय वार्ता गर्ने भन्ने, अनि त्यही बीचमा बाटोको भच्र्युअल उद्घाट्न गर्ने? त्यो भन्दा असंवेदनशील कुरा के हुन्छ? भारतले चाहे सिमानामा बाँ’ध बनाउने बेला होस् वा अन्य काम गर्ने बेलामा, असंवेदनशीलता देखाउँदै आएको छ  तर यसलाई झग’डा फसादको विषय बनाउनेभन्दा पनि हामीले पनि के सो’च्नुपर्‍यो भने हाम्रो काम गर्ने शैली ढिलो सुस्त छ कि रु भारत अर्कै गतिमा विकास गरिरहेको छ, हाम्रो गति निकै सुस्त भएका का’रण उता एकांगी ढंगले काम गरिएको पनि हुन स’क्छ।

तथापि भारतले जुन संवेदनशीलता देखाउनुपर्ने हो, त्यो देखाएको छैन।

भारत र चीन दुवै हाम्रा घ’निष्ठ मित्र हुन् र दुवै हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन्। भारत भू’गोल, परम्परा, इतिहास, संस्कृति, भाषालगायतले अझ नजिक छ। जसरी चीनको भूमिका आज विश्वमै बढेर गएको छ, नेपालमा हिजोको भन्दा आज चीनको भूमिका विस्तारित हुन्छ  भन्ने कुरा भारतले पनि स्वी’कार गर्नुपर्छ। 

यी सबै कुरा गर्दागर्दै पनि, भार’तलाई नजिकको मित्र मान्दा पनि, भारतले हामीसँग गर्ने व्यवहार मित्रले गर्ने व्यवहारभन्दा फरक देखिन्छ, नेपालका लागि हामीले नै निर्णय गरि’दिन सक्छौँ भने जस्तो। के बुझ्नु आवश्यक छ भने भारतले हाम्रा लागि नि’र्णय गर्न मि’ल्दैन। हामी बेग्लै सम्प्रभुता’सम्पन्न देश हौँ। त्यसैले भारतले जति बढी संवेदनशीलता देखाउँछ, हाम्रो हि’त त हु’न्छ,  हामी त सानो देश,  साथसाथै भारतको पनि अन्तरराष्ट्रिय प्रतिष्ठा ब’ढ्छ। भारतले नेपालजस्ता घनिष्ठ छिमेकी देश\सँग स’द्भाव देखाउँदा अन्तरराष्ट्रिय मञ्चमा भारतको उचाइ अझ बढ्छ भन्ने म’लाई लाग्छ।

अहिले नेपालको सिमानामा तार’बार लगाउने बेला भयो भन्ने पनि सुनिन्छ। यो मुलुकको हितमा हुन्छ कि हुँ’दैन?  यस्ता मुद्दामा मुलु’कभित्रका सबै दल आगामी दिनमा कसरी अगाडि बढनुपर्छ?

तराईमा सिमाना छेउका बाटोघाटो नपुगेका कतिपय स्थानमा धेरै गरीबी छ, त्यहाँ  जीव’नयापन गर्न मानिसलाई कति कठिन छ भन्ने कुरा हामी का’ठमाडौँमा बसेकाले बुझेका छैनौँ। कुनै बेला नेपालको एक स्थानबाट अर्को स्थानमा जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। ती बाध्यताबाट आधुनिक नेपाल बन्दै जाने क्रममा हाम्रो भारतसँगको सम्बन्ध पनि प्रकारान्तरले परि’वर्तित हुँदै गएको छ। एउटा समय थियो, भारतको स्वतन्त्रता आन्दोलनमा हामी पनि ल’ड्यौं, हाम्रो प्र’जातन्त्र स्थापनाको आन्दोलनमा उनीहरूको सहयोग हामीले पनि लियौँ होला।

अर्को कुरा, विश्वमा चीनको उदय जसरी भएको छ, त्यसले पनि नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ भन्ने तथ्यलाई हामीले आत्मसात् गर्नु’पर्छ। यी सबै कुरालाई स्वीकार गरेर हिँड्नु जाती हुन्छ। त्यसको सट्टा उग्र नारा लगाएर, पर्खाल लगाऊँ वा के लगाऊँ भनेर कसको हित हुन्छ? हामीले प’र्खाल लगाएर गर्ने के। एकातिर उत्तरतर्फ हिमालको पर्खाल छ, अलिकति खोल्दै जाँदा उपलब्धिका रुपमा हामी व्याख्या गरौंला। अनि दक्षिणतर्फ पर्खाल लगाउने कुराले हामीलाई कसरी मद्दत गर्ला?  विश्वमा चीन र भारतको उदयले नेपालका प्रति अन्तरराष्ट्रिय रुपमा आकर्षण बढ्दै जान्छ।

हामीले यसमा खुशी हुने कि दुःखी हुने? मेरो विचारमा दुनियाँका सबै मुलुकले चीन र भारतको बीचको मुलुक नेपालप्रति अभिरुचि बढाउने विषयलाई हामीले बुद्धिमत्तापूर्वक उपयोग गर्यौं भने ने’पाल र नेपालीको समृद्धिको हितमा हुनेछ।

सरकारले नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ सच्या’उन संसद्मा सं’विधान संशोधनको प्रस्ताव दर्ता गराएको छ। त्यो प्रस्तावमा केही दलले आफ्ना माग पनि समेट्न सुझाव दिएका छन्। य’सलाई कसरी लि’न हुन्छ?

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान चिह्न छ। निशान चिह्नमा रहेको नेपालको गलत नक्सा सच्याउनका लागि संशो’धन गर्न लागिएको हो। त्यसैले यसलाई त्यही रुपमा लिनु’पर्छ। दोस्रो कुरा, यो सबै नेपालीको स्वाभिमानसँग जोडिएको विषय हो। यसमा नेपाल एक’ताबद्ध रुपमा उभिएको छ भन्ने स’न्देश दिनुपर्छ। त्यस्तो सन्देश दिन संविधान सशोधन गर्न लागिएको हो।

त्यस हिसाबले यसको मूल्य त्यसमा बढी छ। यसमा किन्तु परन्तु केही जोड्ने कुरा अनु’चित हुन्छ। पहिले यो जंघार तर्नुपर्छ, यो जंघार तरेपछि आउने अन्य जंघार त्यस पछाडि तर्ने हो। त्यसले कुनै पनि पार्टीले केही कुरा छ भने पछि गर्ने हो, अहिले गर्नु हुँ’दैन, हाम्रो पार्टीले त झन् गर्दै ग’र्दैन।

कोभिड–१९ को संक्रमण रो’कथाम र उपचारका लागि नेपाल सरकारले गरिरहेको कार्य’लाई थप प्रभावकारी बनाउन यहाँको के सुझाव छ?

कोरोना भाइरसको संक्र’मण रोकथाम र उपचारका सन्दर्भमा सरकारका कामका बारेमा मैले सार्वजनिक रुपमै अभिव्यक्त गर्दै आएको पनि छु। सरकारको काम गर्ने ढङ्ग मिलेन। अहिले ठूलो कठिनाइ छ तर यस्तो बेला सर्वप्रथम यथार्थलाई स्वीकार गरी इमा’न्दार हुनुपर्छ। कोरोनाको कहरमा सरकारले बन्दाबन्दी घोषणा गर्नेबाहेक स्वाभाविक रुपमा सम्बो’धन गर्न सक्ने काम पनि गर्न सक्थ्यो। त्यसैले सरकारले इमान्दार भएर यस कठिनाइबाट पार पाउन नेतृत्वका साथ सबै पक्षसँग सह’योग लिएर काम ग’र्नुपर्छ।

अर्को कुरा, भारतबाट आउने खाद्य पदार्थ र तरकारी निर्बाध रुपमा काठमाडौँसम्म आ’इपुग्यो तर यहीँका गाउँका किसानले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पुर्‍याउन सकेनन्। आपूर्ति व्यवस्था कमजोर छ। आपूर्ति व्यवस्थाको कमजोरीका कारण माग हुँदाहुँदै पनि किसानले आफूले उत्पादन गरेका दूध, तरकारी, अण्डालगायत वस्तु फाल्नुपर्ने अवस्था आयो। यसका लागि पो सुरक्षा बल परिचालित हुनुपथ्र्यो। सरकारले यसबारेमा गम्भीर बनेर आगामी दिनमा योजना अघि बढा’उनुपर्छ।

नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका संसद्मा प्रभावकारी निर्वाह गर्न नसकेको भन्ने गुनासो बेलाबेला सुनिन्छ, आगामी दिनमा थप प्रभावकारी र सिर्जनशील प्रतिपक्षीको भूमिका निर्वाहका लागि के गर्नुहुन्छ?

काँग्रेसको तागत हिजो जस्तो पक्कै छैन। हिजोका दिनमा काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी अथवा मुलुककै नेतृत्व गर्ने पार्टी थियो। आज सबै प्रदेश र केन्द्रमा काँग्रेसको करीब २२ प्रतिशतको हाराहारीमा मा’त्र उपस्थिति छ। हामीले आज गर्ने भूमिका हिजोको काँग्रेस सम्झेर हुँदैन। अर्को कुरा, सरकारसँग निराशा छ, त्यसपछि कहाँ मन लगाउने भनेपछि प्रति’पक्षीसँग मन लगाउने हो। पछिल्लो उपनिर्वाचनले पनि कम्युनिष्टको विकल्प काँग्रेस नै हो भन्ने मत प्र’कट भएको छ।

काँग्रेसका अधिकांश सि’नियर नेताहरू यतिखेर संसद् बा’हिर हुनुहुन्छ। संसद्बाहिर भएपछि उहाँहरुलाई संसद्का गतिविधिमा खासै ध्यान पनि छैन। र अन्तिम कुरा, मैले भन्नैपर्छ हाम्रो सं’सदीय दलको नेताले पनि अपेक्षाअनुसार संसद्मा प्रभावकारी भूमिका नि’र्वाह गर्न सक्नुभएको छैन।

अन्तमा, संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीको विषयले सदनमा प्रवेश पायो तर यसको अनुमोदनमा किन यति ढिलाइ हुन पुगेको हो?

एमसिसीबारे सरकार कसरी अघि बढ्छ, त्यसपछि हेरौला। भएभरका सबै विषयलाई एउटै पोको पारेर समस्याको समाधान गर्न सकिँदैन। समस्या समाधान सबै विषयलाई प्राथमिकीकरण गरी अलगअलग छुट्या’एर गर्नुपर्छ। अहिले सर्वप्रथम अतिक्रमित भूमि फिर्ता ल्याउन राष्ट्रिय अठोट चाहिन्छ। कोरोनाको कहरबाट नेपाल र नेपा’लीलाई बाहिर निकाल्ने प्रबन्ध गर्नुपर्ने छ। विदेशमा दुःख परेका नेपालीको सुरक्षित रुपमा उद्धार गर्नुपर्छ।कोरोना संक्रमितको उपचार गर्ने, दुःखमा परेकालाई राहत प्रदान गर्ने र त्यसपछि अर्थतन्त्रलाई तङ्र्या’उने कसरी भन्न काम गर्नुपर्छ। सेतोपाटीबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?