मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतीय सञ्चारमाध्यममा मन्त्री ज्ञवालीले भने’ भारतले कालापानीबाट सुरक्षा फौज ह’टाउनुपर्छ

काठमाडौं : परराष्ट्रमन्त्री प्र’दीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि का’लापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् । भार’तीय सञ्चार’माध्यम द हिन्दू’लाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बता’एका हुन् ।

मन्त्री ज्ञवालीले अन्तर्वा’र्तामा नेपाल र भारतबीच बल्झिँदै गएको सीमा समस्या छिटै समाधान गर्न सो क्षेत्रमा यथा’स्थितिको अवस्था सिर्जना गर्नुपर्ने र त्यसका लागि सबैभन्दा पहिले भारतले त्यहाँ तै’नाथ गरेको सुरक्षा फौज फिर्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेपालको भूमिमा सडक नि’र्माण जस्ता एक’पक्षीय काम गरिनु हुँदैन र यो कुरा सम्वादबाटै चाँडो टुंग्या’उनुपर्छ भनेपनि त्यसमा भारतले वेवास्ता गरेको उनले बताएका छन् । नेपालले प्रस्ताव गरेको सचिवस्तरीय बैठक पनि हुन नसकेको ज्ञवा’लीले उ’ल्लेख गरेका छन्।

भारतले गत नोभेम्बरमा ए’कपक्षीय रुपमा नेपालको भूमि समेत समेटेर नक्शा जारी गरी नेपाललाई निराश पारेको पनि अन्तर्वार्तामा ज्ञवालीले उल्लेख गरेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?