मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुई सं’क्रमितको उपचार गर्दा १ करोड ५३ लाख भत्ता ,,हेर्नुहोस

पोखरा, १६ जेठ । बेल्जिय’मबाट चैत ४ गते नेपाल आ’एकी बागलुङकी अंशु सा’पकोटालाई कोरोना भा’इरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भ’ई १२ वैशाखमा घ’र फर्किइन्।

अस्पताल बसिरहेको १२ दिनपछि चै’त २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले अंशु’लाई फोन गरी हालचाल सोधे—डक्टर दिनमा कति’पटक आउनुहुन्छ तपाईंलाई हेर्न ? अंशुले भनिन्, ‘आउ’नु भएको छैन।’ मुख्यमन्त्रीले फेरि दोहोर्‍याए, ‘कोठामा आएको छैन ?’ अंशुले उत्तर दिइन्, ‘आउनु भएको छैन। फोन’बाट कुरा हुन्छ।’ मुख्यमन्त्रीले नआत्तिकन बस्न, आ’फूसँग दिनदिनै डक्टर’सँग कुराकानी भइरहेको र राम्रो उपचा’र गर्न भनेको बताए।

धौलागिरी अस्पतालमै अर्की कोरोना संक्र’मित मनकुमारी पौडेल भर्ना भई ६ वैशा’खमा घर फर्किएकी थिइन्। यिनै दुईजनाको उप’चार गर्दाको प्रोत्साहन भत्ता भनी धौलागिरी अस्पतालले डेढ क’रोड रुपैयाँ भन्दा बढी दाबी पे’स गरेको छ।

उक्त अस्पतालले १ करोड ५३ लाख रुपैयाँ माग गरी प्रदेशको सामाजिक वि’कास मन्त्रालयमा ११ जेठमा पत्राचार गरेको छ। २ जनाकै उपचारको खर्च भनी त्यतिका धेरै रकम माग गरेको बारे बुधबार गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले प्रश्न उ’ठाए। उनले संसदमा भने, ‘दुईजनालाई निको बनाउन यत्रो खर्च आएको छ, भोलि हजारौं लाखौं संक्र’मित हुँदा हामीले व्यवभार धान्न सक्छौं त ?’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?