मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

फेरि सांसद सरिता गिरी बोलिन् :नयाँ नक्सा सरकारको क’मजोरी र बै’इमानी हो

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालले जारी गरेको नयाँ नक्सा’लाई लिएर फेरी असन्तुष्टि जनाएकी छन् ।सामाजिक सञ्जा’लमार्फत प्रतिनिधि सभाकी समानुपातिक सांसद गिरीले लिम्पियाधुरा, कालापानी र लि’पुलेक समा’वेश गरेर जारी भएको नक्सालाई नेपाल सरकारको मात्रै रहेको बताएकी छिन् । नयाँ नक्साका विषयमा वि’वादास्पद अभिव्यक्ति दिँदै आएकी गिरीले भारतको असहम’तिलाई सहज हुने गरी नयाँ नक्साको पुनः वि’रोध गरेकी हुन् ।

सरकारले बनाएको नयाँ नक्सा स’रकार को हो, देशको होइन’, गिरीले भनेकी छिन्, ‘सर’कारले नक्सा स्वीकार गर्नुभन्दा अघि आवश्यक सबै तथ्य प्र’माण नक्साको ड्राफ्टसंग अन्य द’लहरूलाई उपलब्ध गराउनु पर्दथियो ।’‘त्यसपछि दलहरूले सबै प्रमाणको अ’धययन गरेर मात्र सरकारलाई केही दिनमा आफ्नो सहमति दिने अथवा नदिने अवस्था हुने थियो’, उनले स’माजिक सञ्जालमा ले’खेकी छिन् ।

‘सरकारले त्यस्तो केही गरेको छैन । एक्कासि नयाँ नक्सा छापेको छ । नक्सा भन्ने विषय अ’त्यन्त संवेदनशील विषय हो’, उनले भनेकी छिन्, ‘दलहरूले अन्धो भ’ई राष्ट्रियताको नाममा सरकारको पछि लाग्ने म कुनै आधार देख्दिन ।’सीमालाई राष्ट्रियताको वि’षय बनाउनु सरकारको कमजोरी र बैइमानी दुबै रहेको सांसद गिरीले बताएकी छिन् । ‘अहिलेको सरकार हरेक क्षेत्रमा वि’फल हुँदै गइरहेको सरकारलाई थाहा भएको हुनु पर्दछ’, उनले भनेकी छिन् ।

गिरीको यो अभिव्यक्तिको सामाजिक स’ञ्जालमा आलोचना भइरहेको छ । आलोचकहरूले सां’सद गिरीलाई भारत माइती देश भएकाले भारतको मिचाहा प्रवृत्तिको वि’रोध गर्दा चित्त दुखेको भ’नेर पनि टिप्पणी गरेका छन् ।

नयाँ नक्सा जारी भएकोमा समाजवादी पार्टीकी सां’सद गिरीलाई चित्त बुझेको छैन । भारतले अतिक्रमण गरेको नेपाली भूमि समे’टेर सरकारले नयाँ नक्सा जारी गरेपछि सांस’द गिरीले बिष’वमन गर्दै आएकी छिन् ।उनका ह’रेक अभिव्यक्तिहरू लि’पुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नभई भारतको हो भन्ने म’नासयका रहेको आरोपहरू लाग्ने गरेको छ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?