मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपालबारे जथाभावी न’बोल्न भारतीय मि’डियालाई मोदीको नि’र्देशन..हेर्नुहोस् ।

1 min read

काठमाडौं– नेपाल–भारतबीच सीमा समस्याका कारण सम्बन्ध निकै चिसिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभाग अतिक्रमण गरी मानसरोबर जाने बाटो बनाएर उद्घाटन गरेपश्चात सम्बन्धमा तिक्तता आएको हो ।

यसअघि भारतले नेपालको भूमी समेटेर नक्सा समेत जारी गरेको थियो । त्यो भन्दा अगाडी नाकाबन्दी गरेका कारण नेपालमा मोदी र भारतपविरोधी अ’भियान नै चलेको छ ।

मोदीको सरकार बनेपछि नेपालसंगको सम्बन्ध सुध्रिने अपेक्षा गरिएपनि सम्बन्ध त्यसको ठिक वि’परित बनेको छ । खासमा नेपालमा भारतविरोधी मा’होल बनाउन भारतीय मिडिया र केहि नेताहरूनै लागिपरेका छन् ।सीमा विवाद बल्झिएपछि वार्तामा बस्न नेपालले प’टक पटक गरेको आग्रहलाई भारतले भने टरेको अवस्था छैन ।

समस्या सुल्झाउन भारतले आनकानी गर्न थालेपछि नेपालले पनि आफ्नो नयाँ राज’नीतिक एवं प्रशासनिक नक्सा जारी गरेको छ ।नयाँ नक्सा जारी गरे’पश्चात भारतमा यसले छुट्टै तरङ्ग नै ल्याएको छ । त्यसैमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतको व्यहावबारे खरो उत्रिएपछी भारतका केहि नेता र धेरै मिडियाको टाउको दुखाई बनेको छ ।

मन्त्रि र मिडियाले नेपाल भारत सीमा विवादको बिषयमा जे पायो त्यहि बोल्ने गरेकाले अहिले मा’होल नै बिथोलिएको छ।

यसले थप सङ्कट ल्याउने देखिएपछि मोदी सरकारले नेपालविरोधी भावना क’म ग’र्न निर्देशन नै जारी गर्नुपत्रने अवस्था सिर्जना भएको छ ।नेपा’ल र नेपालीबारे जथाभावी प्रचार गर्ने भारतीय सञ्चा’रमाध्यम र केहि नेताहरूको रवै’यालाई मोदी सरकारले नि’यन्त्रण गर्नको लागि निर्देशन नै जारी गरेको बताइएको छ ।

पुस्तौं देखिएको नेपाल-भारत सम्बन्धमा नै खटपट हुनेगरी प्रचारबाजी भएपछि मोदीले नि’र्देशन दिएको बताइएको छ ।भारतीय प्रधानमन्त्री मोदीले आफ्ना सञ्चार माध्यमहरु र केहि नेता’हरूलाई नेपालसँगको सम्बन्धमा द’रार आउने खालका र नेपालबारे अध्ययन नगरिएका जथाभावी समाचार सम्प्रेषण नगर्न नि’र्देशन दिएका छन् ।

भारतीय जनता पार्टीका नेतासमेत रहेका मोदीले नेपालविरुद्ध आक्रमक रुपमा प्रस्तुत न’हुन सञ्चार मा’ध्यम र नेता’हरूलाई निर्देशन दिएका हुन् ।साथै भाजपाका नेता सांसद सुब्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध सुधार्न मोदी सरकारलाई सु’झावसमेत दिएका छन् ।

प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञलाई नेपाली सम’कक्षीसँग सभ्य, शिष्ट भाषामा छलफल गर्न निर्देशन दिनुपर्ने नेता स्वामीको सुझाव छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?