मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“नेकपा एमाले कार्यदलको, बैठक सम्पन्न, सहमति भएको प्रदीप ज्ञवालीको दाबी”

1 min read

“काठमाडौं, २५ असार । नेकपा (एमाले) कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको टुँगोमा पुगेको दाबी गरे ।”

“उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलिबैठक पूनः बस्ने र टुँगो लगाउन जनाए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल संयोजक छन् । सदस्यहरुमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।”

“उता, वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल छन् । र, सदस्यहरुमा रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् । कार्यदलको बैठक जारी रहेको समयमा दुवै तर्फका एक एक नेताहरु ओली र नेपाललाई मस्यौदाको खाका देखाउन गएका थिए ।”

“ओलीको तर्फबाट शंकर पोखरेल गएका थिए भने नेपालको तर्फबाट पन्त गएका थिए । file photo”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?