मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“झापाबासीलाई रुवाउँदै,बिदा भए,नेता प्रसाई [तस्बिरहरू]

1 min read

“झापा एमालेका नेता ज्ञानुराम प्रसाईँको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले उनलाई मृ-त घोषणा गरेको हो ।

“बिहान ११ बजेर ४० मिनेटमा प्रसाईँ भद्रपुर –९ स्थित चारआली– चन्द्रगढी सडकखण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।”

“बिर्तामोडका प्रसाईँ आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको सालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।”

“उनको बायाँ खुट्टा र भित्री चोट लागि -घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।”

“४ बजे कन्काई आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ । उनको निधनमा बिक्षिप्त बनेका झापाबासीहरु कोरोनाको प्रवाह नगरी उनको अन्तिम संस्कारमा भेला भएका छन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?