मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोना परिक्षण गरेका प्र’योगशालाहरूले य’स्तो ग’म्भिर हेलचक्राई गरे’पछि,,,,,

काठमाडौं । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत वि’वरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।देशभरका ५८ सरकारी र ३८ निजी प्रयो’गशालाबाट कोरोना परीक्षण हुने गरेको छ।

तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नि’यन्त्रण म’हाशाखाले जनाएको छ।
हाल देशभर २६ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कोभिड–१९ स्वाब परीक्षण गर्ने प्रयोग’शाला एवं अस्पतालहरूलाई पत्र काट्दै ईडीसीडीले भनेको छ, ‘पीसीआर पोजेटिभ भएकाहरूको स’म्पर्क नम्बर पूर्णरूपमा उपलब्ध गराइदिनू ।’महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ रिपोर्ट आएका व्य’क्तिको सम्पर्क न’म्बरलगायत व्य’क्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए।यो समा’चार आजको राजधानी दैनिकमा छ ।

यो पनि,,,को’रिया जाने श्र’मिकले अब अ’निवार्य को’रोना बि’मा गर्नु’पर्ने,काठमाडौं ।वैदेशिक रो’जगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शा’खाले पाँच हजार डलरको कोभिड–१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ ।शाखाले सू’चना सार्व’जनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने क’म्पनीलाई आ’ह्वान गरेको हो ।

ईपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गरा’उनुपर्ने तो’किएको छ ।साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरूले साउन ७ भित्र कोरिया शाखामा सूचीकृत संस्था दर्ताका लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन आग्रह गरेको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले कोरिया सरकारले गत वर्षबाट श्रमिकको अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रूपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीलाई सूचीकृत हुन सूचना जारी गरिएको जानकारी दिए । त्यस्तै बीमा कम्पनीलाई पाँच हजार डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने बीमा शुल्क श्रमिकले नै तिर्नुपर्ने उनले बताए ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?