मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री ओली को दावी -“गत वर्ष पनि भनेको थिएँ, राम जन्मभूमि ने’पालमै हो”

1 min read

काठमाडौं: प्रधा’नमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गर्नुभएको छ । नेपाल सर’कारका त’र्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, “हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाएपो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।”

कलाका जुनसकै विधाले पनि नेपालीको एकतामा नविनता र शान्तिको भावना प्रतिविम्बित हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण(रेनासाँ) आवश्यक रहेको धारणा पनि उहाँको थियो । “हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवन यापनमै अलमलिएछौँ, पुस्तौँ गएछ”, उहाँले भन्नुभयो ।

नेपाल संसारको अ’नुपम देश भए पनि विभिन्न कारणले पछाडी परेको भनाइ पनि उहाँको थियो । “पछाडी पर्न हुँदैनथ्यो परेछौँ । गरीब हुन मानेछौँ, अनपढ हुन मानेछौँ”, उहाँले भन्नुभयो । उहाँले नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी भएको बताउनुभयो । “गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो”, उहाँले थप्नुभयो ।

शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उहाँले भन्नुभयो, “राम र ल’क्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन्, उहाँको भनाइ थियो । साथै महाभारतको लडाइँ कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना नेपालमै भए’को र जनकको दरबारमा हुने शास्त्रार्थ र सांँख्य दर्शनसम्मको इतिहासले नेपाल ज्ञा’नभूमि भएको पुष्टीगर्ने भनाइ उहाँको थियो ।वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुनेसमेत उहाँले बताउनुभयो ।

दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकीरहेको विचार उहाँको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उहाँले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइनजस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताउनुभयो । यद्यपी विगतका शासकको सोचाईका कारण कतिपय कुप्रथा समेत चल्दै आएको समेत बताउनुभयो तर त्य’सैलाई विगतको सम’ग्र ठान्नु नहुने समेत उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधा’नमन्त्रीले युग कवि सि’द्धिचरण श्रे’ष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थाप’ना गरेको प्र’धानमन्त्री प्र’तिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध नि’कायलाई निर्देशन दि’नुभयो । श्रष्टाहरूलाई अन्य कुनै आधारमा नभई उनीहरूको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।-रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?