मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एमसीसीबारे रावल : कसैको उपनिवेश नभएको देश आज आएर एउटा कम्पनीबाट सरकार चल्छ ?, यो राष्ट्रको अस्तित्वको लडाईं हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूहरु सबै देशबाट आर्थिक सहयोग लिने पक्षमा भएपनि राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, रा’ष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको शर्तमा आउने सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका छन् । एमसीसी विवादबारे हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकतासँग नमिल्ने कुनै पनि काम गर्दैनौं भनेर बोलेको रावलले सुनाए । एमसीसी सम्झौतालाई गम्भीर रुपमा पार्टीमा छिट्टै बैठक बोलाएर छलफल गरेर त्यसलाई हेर्छौै भनेरपनि प्रधानमन्त्री ओलीले बताएको उनले स्पष्ट पारे । रावलसँग पत्रकार ऋषि धमलाले नेपाली रेडिओ नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रमको लागि कुराकानी गरेका छन् । प्रस्तुत छ रावलसँगको कुराकानीको सम्पादित अंश :

अब एमसीसी पारित नहुने भयो होइन हिजो सचिवालय बैठकबाट ?

हिजोको बैठकको छलफलबाट मात्रै होइन । त्यसमा रहेका हाम्रो राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौममा आँच आउने बुँदाहरुमा आवश्यक संशोधन र परिवर्तन नगरी यसलाई अनुमोदन गर्न मिल्दैन भन्ने पहिला नै भएको हो । हिजोको बैठकमा फेरि त्यो निकै जोडदार रुपमा उठेको छ । हामी कुनै देशबाट आ’र्थिक सहयोग लिने पक्षमा छौं । तर, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको सर्तम आउने सहयोग स्वीकार्य हुने छैन ।

एमसीसीको बारेमा प्रधानमन्त्रीले हिजोको बैठकमा के भन्नभयो त ?

हिजो बैठकमा प्रधानमन्त्रीजीले हामी राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकतासँग नमिल्ने कुनै पनि काम गर्दैनौं । यो जुन सम्झौता यसलाई गम्भीर रुपमा पार्टीमा छिट्टै बैठक बोलाएर छलफल गरेर त्यसलाई हेर्छौं । त्यो नगरुन्जेल यो सम्झौता अगाडि बढ्दैन । यसअन्तर्गत कुनै पनि काम भएका छन् भने त्यो पनि किर्मचारीलाई बोलाएर रोकिने छन् भन्नुभएको छ ।

अनुमोदन नहुन्जेल एमसीसीको काम रोकिन्छ हो ?

त्यो त स्वतः रोकिन्छ । कुनै देशसँगको सम्झौता अनुमोदन नै भएको छैन भने त्यो कार्यान्वयनमा कसरी जान्छ । हिजो अर्थमन्त्रीको पनि हालोचना भएको छ । किन कुनैपनि देशसँगको सम्झौतालाई जुन प्रक्रियाबाट अनुमोदन हुनुपर्ने हो त्यो नभइकन काम अगाडि बढाउने भन्ने कुरा गैरजिम्मेवार काम हो ।

तर, अर्थमन्त्रीजीले त तपाईंहरुको कुरालाई मान्नुभएन नि बजेटमा उहाँले राखिदिनुभयो नि ?

त्यो उहाँको व्यक्तिगत कुरा हो र ? यो त पार्टीको केन्द्रीय कमिटिले निर्देशन दिइसकेपछि उहाँले त्यो मान्नैपर्छ । र, पार्टीको निर्देशन र स्वयम प्रधानमन्त्रीबाट पनि त्यो कुरा आइसकेपछि अर्थमन्त्रीले मात्रै म मान्दिन भन्ने कुरा हुन सक्दैन ।

अर्थमन्त्रीको त यो अनुदान लिनुपर्छ भन्ने तर्क छ नि ?

त्यस्तो तर्क गरेर भएन नि । जुन प्रावधानमा राष्ट्रको हित हुँदैन । राष्ट्रिय स्वाधिनतामा आँच आउँछ । हामी कुनै राष्ट्रको सैनिक गठबन्धनमा बाँधिन सक्छौं । स्वतन्त्र परराष्ट्र नीतिमा नकारात्मक असर पर्छ भने कसरी अनुमोदन हुन्छ । कि त ती कुरा लेखेको छैन भन्न सक्नुपर्छ । त्यो नगरेर म जबर्जस्ती गर्छु भनेर कुनै पनि व्यक्तिले गर्न मिल्दैन । त्यो गरियो भने पनि त्यो मान्ने कुरा हुँदैन ।

हिजोको बैठकमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बजेटमा राखेको झिक्नुभनेर निर्देशन दिनुभयो त ?

बजेटमा जसरी राखिएको कुरा छ । त्यसप्रति हामीले आपत्ति जनाएयौं । तर, प्रधानमन्त्रीबाट पहिला नीति तथा कार्यक्रम आउँदा जुनखालको भाषा प्रयोग गरिएको थियो । यो अनुमोदन पनि होइन, स्वीकारेको पनि होइन । यसलाई पुरा अध्ययन गरेर स्वीकार्ने अथवा नस्वीकार्ने भन्ने कुरा पछि गर्दछौं भन्नुभएको थियो । अर्थमन्त्रीले संसद्मा जवाफ दिँदा पनि त्यही भाषा प्रयोग गर्नुपर्छ । अर्थमन्त्रीजीले विगतमा यो परेको थियो । अनि यसपालि पनि परेको भन्नुभयो । हामीले पहिले पार्टीले निर्णय गरेको थिएन । यो रुपमा बाहिर आएको पनि थिएन । अहिले यो रुपमा बाहिर आएपछि केन्द्रीय कमिटिले नै निर्णय गरिसकेपछि तपाईंले यत्तिकै परेको हो भन्नु जिम्मेवार कुरा भएन भनिएको छ । यसको सार के हो भने यथास्थितिमा अगाडि बढ्दै त्यस सम्बन्धमा ब्यापक रुपमा छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्दछ । त्यो निर्णयले मात्रै प्रक्रिया अगाडि बढ्ने नबढ्ने निक्र्यौल हुछ ।

तपाईंले एमसीसी अगाडि बढ्दैन भनिरहँदा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार त काम भइरहेको छ नि ?

त्यसमा कुन कर्मचारीले आफूले तलब खाएबमोजिम कसले के भन्नुहुन्छ त्यो उहाँको कुरा हो । तर, हा

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?