मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

किम जोङले मुन जे इनलाई उपहार दिएको कु’कुरले पायो ७ वटा बच्चा,,,,,

कोरिया।दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले ७ वटा भरखरै जन्मेका कुकुरका बच्चा सहितको फोटो सार्वजनिक गरेका छन। उनको यो कुकुरको नाम मारु हो। यो कुकुर उनका लागि खास छ किनभने यो उनलाई उत्तर कोरियाका शाशक किम जङ उनले दिएका थिए। उनलाई किम जङ उनले २ वटा कुकर केहि समय अघि उपहार दिएका हुन।

किम जङ उनले मुन जे इनलाई पुङसान जातको एक जोडी कुकुर उपहार दिएका थिए। सोङकाङ र गोमी नाम गरेका यि कुकुर सन २०१८ मा फ्यो’ङहाङमा भएको समिटका क्रममा मुन जे इनले उपाहार पाएका थिए। यो पुङसान जा’तका कुकुर उत्तर कोरियाको एक महत्वपुर्ण कुकुरको जात हो। यि कुकुरहरुलाई सिकार खेल्नका लागि विषेश गरि प्रयोग गर्ने गरिन्थ्यो।

मुन जे इनले आफ्नो फेसबुकमा गोमीले ७ वटा बच्चा जन्माएको भन्दै लेखेका छन। वच्चा जन्मेको ४ हप्ता वितिसकेको र बच्चाहरु हुर्किरहेको समेत फेसबुकमा लेखेका छन। बच्चाहरुको नाम अहिलेसम्म नराखिएको र ७ वटा भएकाले नाम छान्न पनि गाह्रो पर्ने उनले भनेका छन।

सन २०१८ को नोभेम्बरमा पनि यहि गोमी नामको कुकुरले ६ वटा बच्चा जन्माएकी थिइन। यि बच्चाहरु कोरियाका चारवटा स्थानिय सरकारहरुलाई बाँडिएको थियो। सउल, इन्छन, थेजन र ख्वाङ्जु सरकारलाई ति बच्चाहरु ह’स्तान्तरण ग’रिएको थियो। यो पुङसान जातका कुकुर उत्तर कोरियाको हिमाली क्षेत्रमा पालिने कुकुरका जात हुन।

यो जातका कुकुरहरु ज’ङ्गली जनावरहरु शिकार गर्नका लागि माहिर हुन्छन। यि जातका कुकुरहरु स्मार्ट तथा डरलाग्दा हुन्छन भने आफ्ना मालिकप्रति बफादार तथा मिलनसार समेत हुने गर्दछन। मुन जे इनको अफिसले दिएको जानकारी अनुसार साङकोङ र गोमी यि दुइ कुकुर सन २०१७ मा जन्मेका थिए। (कोरियाटाइम्स)

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?