मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

तीन बुँदे माग राख्दै डा गो’विन्द केसी भोली र पर्सी अनसन बस्दै,,हेर्नुहोस ।

1 min read

काठमाडौं- डा गोविन्द केसीले भोलिदेखि दुई दिन सत्याग्रहमा बस्ने भएका छन्।सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गु’णस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि सत्याग्रह सुरु गर्न लागिएको बताइएको छ।

यसपटकको सत्याग्रह दार्चुला सदरमुकाम खलंगामा हुने छ। यो उनको १८औं सत्याग्रह हो।

यस्ता छन् मागहरुः
१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।
२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्।

३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दि’बास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडि’कल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा क’र्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चाल’नको व्यवस्था गरियोस्। हा’मीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?