मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सहकुल थापा,लाई एआईजीमा, बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय”

“काठमाडौँ । प्रहरीका नायव, महानिरीक्षक सहकुल बहादुर थापा अतिरिक्त,महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बैठकले थापालाई नित्युक्त गर्ने निर्णय गरेको हो।”

“बढुवा समितिले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो ।”

“एआईजीमा बढुवा भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।,

“उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउनेछन् । नेकपा एमालेका नेता ईश्वर पोखरेलको दबाबमा विश्वराज पाेखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो । तर, थापाको बढुवासँगै एकल प्रतिस्पर्धाको अन्त्य भएको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?