मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“बाढी गएको एक महिना,पछि प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको निरीक्षणमा जाँदै”

1 min read

“काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओली असार १ गते आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न आज मेलम्ची जाने भएका छन् ।”

“बाढीबाट क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओली अहिले बिहान १० बजे सिन्धुपाल्चोक उड्ने भएका छन् ।”

“ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु-याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् । प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तत्र्रिmया कार्यक्रमसमेत तय भएको छ ।”

“प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?