मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“चर्पी गरिरहेको बेला वन,कार्यलयको,पर्खाल भत्किएर पुरिएकी किशोरीको मृ,त्यु”

काठमाडौं । पाँचथरमा पहिरोले पुरिएर गम्भीर घाइते भएकी १५ वर्षीया सञ्जिता राईको मृत्यु भएको छ । पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।”

“बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भत्किएर उनी पुरिन पुगेकी थिइन । उनी चर्पी बसिरहेकै बेला पुरिएको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि उद्धार गरेका थिए । अचेत अवस्थामा पहिरोबाट निकालिएकी सञ्जिताको पाँचथर फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन सकेको थिएन ।”

“त्यसपछि उनलाई उपचारका लागि झापास्थित वि एण्ड सी अस्पताल पुर्याइएको थियो । स्थायी घर भोजपुर भएकी सञ्जिता करिब १० वर्षदेखि फिदिम शनिबारे बस्दै आएकी थिइन् ।”

“बुबाको मृत्यु भएको र उनकी आमा बिदेशमा रहेको बताइएको छ । उनी कक्षा ८ मा पढ्दै थिइन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?