मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“एमालेमा एकता हुने भएपछि, प्रचण्ड आकस्मिक रुपमा पुगे माधव नेपालकहाँ के भयो हेरौ”

1 min read

“काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । एमालेभित्र आजै सहमति हुने चर्चा चलिरहेको बेला प्रचण्ड माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको हालै भएको भेटवार्तापछि एमाले कार्यदलले सहमतिको खाका तयार पारेको छ ।”

“उक्त खाकालाई आजै सहमतिको अन्तिम रुप दिने बताईएको छ । तर, नेपालले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि माग गर्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने अडान लिएका छन् । र, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने खालको सहमति आफूले नगर्ने बताउँदै आएका छन् ।”

“तर, पछिल्लो समय नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा पनि सहभागी हुन छाडेका छन् । गठबन्धनलाई कहिल्यैपनि धोका नदिने बताउँदै आएका नेता नेपालले ओलीसँग सम्झौता गरेपछि विपक्षी गठबन्धन तुहिने हो कि भन्ने चर्चा पनि चलिरहेको छ। यही सन्दर्भमा दाहालले आज नेपालाई भेटेका हुन् ।”

“उनीहरुबीच के के विषयमा कुराकानी भयो ? त्यो खुलाईएको छैन् । प्रचण्डले नेपाललाई भेट्दाखेरि एमालेको कार्यदलको बैठक सुरु नै भएको थिएन । अहिले भने कार्यदलको बैठक सिंहदरबारमा जारी छ । file photo”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?