मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“१४ वर्षमै फिल्म, खेल्न सुरु ,गरेकी करिश्माकाे झनै निखारिदै सुन्दरता (फोटो फिचर)

“नेपाली अभिनेत्री करिश्मा मानन्धरलाई नचिन्ने सायदै काेहि भेटिएला । करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् ।”

“१४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ ।”

“करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।”

“कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले २ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईईमा करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।”

“पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।”

“धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा भने टिकेर बसेकी छिन् । धेरै कलाकारहरुले चलचित्र क्षेत्र छाडेर, अन्य क्षेत्रमा सफलता हात पारेतापनि गुमनाम छन् ।

“करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।”

“उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनको सुन्दरता देखेर आम मानिसहरु भन्छन् उमेर ढल्किए पनि करिश्माको सुन्दरता भने ढल्केको छैन । उनकाे श्रीमान विनोद मानन्धर र एक छोरी कविता मानन्धर अहिले ललितपुरमा, बस्दछन् । 1

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?