मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“माधव नेपाल,लाई जनै खटिरा : कोटेश्वर,पुगेर प्रचण्डले,गरे स्वास्थ्यलाभ,को कामना”

“काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ्य भएका छन्।”

“विगत केही दिनेयता स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। गौतमका अनुसार नेता नेपाललाई जनै खटिरा आएको हो।”

‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भने।”

“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार कोटेश्वर नेपाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। गौतमका अनुसार नेपालको स्वास्थ्य समस्याका कारण प्रचण्डले संक्षिप्त भेट गरेका हुन्। शनिबारको भेटमा अन्य राजनीतिक विषयमा कुराकानी नभएको उनको भनाइ छ।”

“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल,दाहाल ‘प्रचण्ड’ल कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ’, गौतमले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको, र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?