मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“आज सुदूरपश्चिमका पहाडी, जिल्लामा बाढी–पहिरो,को जो’खिम”

“काठमाडौँ । आज पनि मनसुनी वायु सक्रिय रहेका कारण देशका विभिन्न ठाउँमा वर्षा हुने क्रम जारी छ ।”

“आज पूर्वमा भन्दा पश्चिमी भेगमा बढी वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।”

“आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।”

“भारी वर्षाका कारण कर्णाली र महाकाली जलाधरका केही साना एवं सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।”

“यसैकारण विशेषगरी बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी लगायत जिल्लाका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा जोखिम बढी रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?