मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“कार दुर्घटनामा,हार्डवेयर व्यवसायी,को मृ’त्यु, चार जना घा,इते”

“विराटनगर : कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति भएको कार दु,र्घटनामा एक जना हार्डवेयर व्यवसायीको मृ,त्यु भएको छ।,

“दुर्घटनामा अरू चार जना घा,इते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था ग,म्भीर छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर राति ११:४५ बजेतिर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए।”

“उनका अनुसार दु,र्घटनामा परेर हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृ,त्यु भएको छ। विराटनगरको खारजीमा आचार्यको हार्डवेयर पसल छ। दु,र्घटनामा गम्भीर घा,इते भएपछि जग्गाको कारोबारसमेत गर्दै आएका आचार्यलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो।”

“भेन्टिलेटर नभएको भन्दै विराटले रेफर गरिदिएपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ५:१५ बजेतिर आचार्यको मृ,त्यु भएको जानकारी एसपी खतिवडाले दिए।”

“उनका अनुसार दु,र्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन्। प्रहरीका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन्। घाइतेमध्ये विवेकको अवस्था ग,म्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको विराट र न्युरोमै उपचार भइरहेको छ। ”

“मादक पदार्थ सेवन (मापसे) गरेर तीव्र गतिमा चलाइएका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खतिवडाको भनाइ छ। प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ।
यसैबीच मृतक आचार्यको उपचारमा लापरबाही गरिएको भन्दै आफन्तले न्युरो अस्पतालमा केहीबेर होहल्ला गरेका थिए।”

“समयमा चिकित्सकले नहेरेको र ग,म्भीर अवस्थाका घा,इतेलाई तत्काल भेन्टिलेटरमा नराखिएको भनेर आफन्त आक्रोसित बनेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।,

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?