मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

६ महिनाभित्र कतार,प्रवेश गर्ने,लाई ‘इन्ट्री परमिट’ नचाहिने, कस्ता, ब्यक्तिलाई छ त्यो सुविधा ?

“एजेन्सी । महामारीका कारण कतार वाहिर आएर जान नपाएकाहरुलाई सुविधा उपलब्ध भएको छ । महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने भएको छ । आवासीय अनुमति भएकाहरुलाई यस्तो सुविधा दिइएको हो ।”

“सोमबारदेखि आवसीय भिसा प्राप्त तथा निवासी र आगन्तुकहरूलाई ६ महिनाभित्र कतार फर्किदा प्रवेश अनुमति ‘इन्ट्री परमिट’ नचाहिने भएको विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।”

“मेजर अल जस्मीका अनुसार यदि कतारको वैधानिक आवासीय अनुमति छ र उनीहरूले मुलुक बाहिर ६ महिना भन्दा कम बसेका छन् भने इन्ट्री परमिट एक असाधारण अनुमति बिना प्रवेश गर्न पाउने छन् ।”

“विशेष कारणले कतारबाट छ महिना भन्दा बढी समयसम्म बसेका छन् वा केही परिस्थितिले गर्दा उनीहरूको भिसाको अनुमति समाप्त भएकाले पनि प्रवेश पाउने छन् । तर, त्यस्ता व्यक्तिहरुले कतारको इ–गभर्मेन्ट वेबसाइट वा ‘मेट्रास’ टु एप मार्फत आवश्यक पर्ने शुल्क तिरेर कतार फर्कन सक्नेछन् ”

“कतार सरकारको यो नयाँ निर्णयसँगै विभिन्न समयमा छुट्टिमा गएर र कोरोना महामारीका कारण फर्कन नसकेका तथा ६ महिना भन्दा कम नेपालमा बसेका नेपाली श्रमिकहरुले इन्ट्री परमिट लिनुपर्ने बाध्यता हटेको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?