मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ब्राजिल’लाई,हराउँदै अर्जेन्टिनाले, उचाल्यो कोपा अमेरिकाको उपाधि”

“अर्जेन्टिनाले ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि जितेको छ ।”

“आइतबार बिहान भएको फाइनल खेलमा साविकको विजेता तथा आयोजक राष्ट्र ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।”

“रियो दि जेनेरियोस्थित मराकना स्टेडियममा अर्जेन्टिनालाई जिताउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२औँ मिनेटमा उनले गरेको गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बन्यो”

“यससँगै अर्जेन्टिनाले कोपा अमेरिकाको सर्वाधिक धेरै १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ । उसले सन् १९९३ यता उपाधि जित्न सकेको थिएन । ब्राजिल भने नौ पटकको विजेता टोली हो ।”

“यसअघि ब्राजिलले सेमिफाइनलमा पेरुमाथि १–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो भने अर्जेन्टिना कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?