मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“आफ्नो अटोमा, यात्रुले पैसा, र गहना सहितको छोडेको झोला यी अटो चालकले फिर्ता गरिदिए”

“घोराहीमा एक जना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । आफ्नो अटोमा एक जना यात्रुले पैसा र गहना सहितको झोला बिर्सिएर गएपछि उक्त झोला ति चालकले प्रहरीलाई बुझाएका थिए ।”

“शुक्रबार घोराही १३ बसपार्क देखि तुलसीपुर चोक सम्म रा १ह २१५३ नम्बरको अटोमा जादा रोल्पा रुन्टिगढि गाउपालिका ७ की ३० कि मतिकला बूढा उक्त झोला बिर्सिएर गएकी थिइन् । उनको उक्त झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो । उक्त अटो चालक घोराही १३ का २९ वर्षीय राम प्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझाएका थिए ।”

“उनले इमान्दारपूर्वक उक्त पैसा र गहना सहितको झोला प्रहरीलाई बुझाएपछि उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।”

“त्यसपछि प्रहरीले बुढाको पहिचान गरी नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको जनाएको छ ।;

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?