मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“केही महिना अघि ह’राएकी, महोत्तरीको’ लोहरपट्टी नगरपालिका-७ की सुजिता’को शव फेला”

“काठमाडौ । महोत्तरीकी सुजिताको,पनि शव फेला परेको छ । उनी पनि केही समय देखि हराएकी थिइन् । महोत्तरी लोहरपट्टी नगरपालिका(७ भमरपुराकी सुजिता ठाकुर केही महिना अघि नै,हराएकी थिइन् । उनको ज्यान लिएको अभियोगमा श्रीमान सहित परिवारका केही ब्यक्ति पक्राउ परेका छन् ।”

“उनको जेठ २० गते नै ज्यान लिइएको अनुसन्धानवाट खुलेको भएपनि शव फेला परेको थिएन । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा फेला परेको प्रहरीले जनाएको छ । सडि सकेको अवस्थामा शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।”

“गएको जेठ १३ गते खेतमा गहिरो खाल्डो भित्र कपाल, नुन, तन्ना र डोरी फेला पारेको थियो । शव फेला नपरेपछि खोजी गरिएको थियो । सोमवार फेला परेको शव सुजिताको माइतीपक्षले पहिचान गरेका छन् । अहिले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।”

“महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?